भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतना हे.क्वा.को भ्रमण

१. नेपालको औपचारिक भ्रमणमा रहनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मिति २०८१ मंसिर ०८ गते मुस्ताङ जिल्ला स्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नु भएको छ । सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्नु भएको थियो । 

२. आजै, भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरा स्थित श्री पश्चिम पृतना हे.क्वा.को भ्रमण गर्नु भएको छ । उहाँलाई पृतनापति उपरथी श्री सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गर्नु भएको थियो ।