१. आज मिति २०८१ कार्तिक ३० गते जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउत र प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले प्राड विवाक जर्नल २०८१ को संयुक्त रूपमा विमोचन गर्नुभयो ।
२. श्री सेना प्राड विवाक स्थापनाको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिनुहुने सैनिक विशेष अदालतका पूर्व सदस्य तथा पूर्व रक्षा सचिव श्री किरणराज शर्मा र सेना प्राड विवाकका पूर्व प्रमुख प्राड उपरथी श्री रत्न प्रकाश थापा (अ.प्रा.) लाई सम्मानित गरिएको थियो ।
३. कार्यक्रममा माननीय न्यायाधीशहरू, नेपाल सरकारका सचिवज्यूहरू, नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको थियो ।