१. मिति २०८१ कार्तिक ०४ गतेबाट श्री मध्य पृतना हे.क्वा., हेटौँडामा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम Defence Correspondent Orientation Programme (DCOP) आज मिति २०८१ कार्तिक ०८ गते समापन भएको छ । समापन समारोहमा मध्य पृतनाका चिफ अफ स्टाफ सहायक रथी श्री सुवास जंग थापाले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्नुहुँदै प्रमाणपत्र वितरण गर्नुभयो ।
२. पाँच दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराइनुका साथै नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेका चितवन राष्ट्रिय निकुञ्ज तथा अन्य महत्वपूर्ण संरचनाहरुको स्थलगत अध्ययन भ्रमण गराइएको थियो ।
३. यस किसिमको कार्यक्रमबाट देशका विभिन्न क्षेत्रहरूमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने विश्वास नेपाली सेनाले लिएको छ ।