संयुक्त अभ्यास सम्बन्धमा

१. नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबिच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आई रहेका छन् । यस प्रकारका अभ्यासहरूबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेसागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको छ । यसै सन्दर्भमा मिति २०८१ भाद्र ३० गतेबाट मिति २०८१ आश्विन ०४ गतेसम्म (15-20 Sept 2024) अभ्यास PACIFIC ANGEL सञ्चालन हुन गइरहेको छ ।

२. अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुनेछ। काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन् । 

३. सन् २०१२ बाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो ।