१. २०८१ श्रावण २२ गतेको मितिबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी श्री मधुकर सिंह कार्कीलाई आज मिति २०८१ श्रावण २५ गते कायम मुकायम प्रधान सेनापति रथी श्री अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ। पदोन्नतिसँगै उपरथी श्री कार्की राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह संयोजकमा नियुक्त हुनु भएको छ ।
२. कायम मुकायम प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक डेन्टिष्ट महासेनानी डा. श्री समीर अर्याल, महासेनानी श्री जगदीश खड्का र महासेनानी श्री अमृत काजी गुरुङलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति हुनु भएका प्रमुख सेनानी श्री शैलेन्द्र कोइरालालाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो ।
३. आजै आयोजित एक अर्को कार्यक्रममा सि.सं.६१ अधिकृत आधार तालिममा छनौट भई मित्रराष्ट्र भारतको Indian Military Academy (IMA) बाट अधिकृत आधारभूत तालिम सम्पन्न गरी स्वदेश फिर्ता भएका ४ जना अधिकृत क्याडेटहरुलाई कामय मुकायम प्रधान सेनापतिले उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गर्नु भएको छ ।
४. दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रमहरूमा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द एवं अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।