प्रधान सेनापतिद्वारा समुद्‍घाटन

१.    आज मिति २०८१ श्रावण २२ गते श्री सैनिक कल्याणकारी कोषको लगानीमा नेपाली सेना बहु व्यवसाय उद्योग अन्तर्गत कीर्तिपुरको चोभारमा निर्मित पञ्चु तथा पाल-सायर प्लान्टको प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले Virtual माध्यम मार्फत समुद्‍घाटन गर्नु भएको छ । 

२.    नेपाली सेनाको बन्दोबस्ती प्रणालीलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सैनिक सामाग्रीहरू उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले यस प्लान्टको स्थापना गरिएको हो । यस प्लान्टको स्थापनासँगै नेपाली सेनालाई आवश्यक पर्ने गुणस्तरीय पञ्चु तथा विभिन्न प्रकारका पाल-सायरहरूको उत्पादन हुनेछ ।

३.    उक्त कार्यक्रममा बलाधिकृत रथी श्री अशोक राज सिग्देलले उक्त प्लान्टको अवलोकन तथा निरीक्षण गर्नु भई नव निर्मित प्लान्टका विविध पक्षहरू बारे जानकारी लिनु भएको थियो । सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो ।