माननीय रक्षा मन्त्रीद्वारा सैनिक हवाई सेवाको निरीक्षण भ्रमण

१.    आज मिति २०८१ ज्येष्ठ २८ गते माननीय रक्षा मन्त्री श्री हरि प्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवा अन्तर्गत मध्य एयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँलाई मध्य एयर वेशमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो ।

२.    माननीय रक्षा मन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी श्री आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थिति लगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराउनु भएको थियो । सोही अवसरमा रक्षा मन्त्रीले मध्य एयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणहरूको अवलोकन गर्नु भएको थियो । त्यस अवसरमा रक्षा मन्त्री श्री उप्रेतीले सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा उहाँले सैनिक हवाई सेवा लगायत अन्तरगतका युनिटहरूबाट विपद् उद्धार, विकास निर्माण लगायतका क्षेत्रहरूमा सम्पादन भएका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिनुभयो ।

३.    कार्यक्रममा रक्षा सचिव श्री किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका  पदाधिकारीहरू लगायत सैनिक हवाई सेवाका सकलदर्जाको उपस्थिति थियो ।