१. जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले मिति २०८० चैत्र २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको Camp IV बाट १ (एक) वटा तथा ल्होत्से हिमालको शिखर नजिकबाट १ (एक) वटा गरी जम्मा २ (दुई) वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी आज मिति २०८१ जेष्ठ ०३ गते हवाई साधनमार्फत त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको छ ।
२. त्यसैगरी सोही अभियानको दौरान हालसम्म ८ हजार ६ सय २० के.जी. फोहोर सङ्कलन गरी त्यसमध्ये २५० के.जी. कुहिने (Bio-Degradable) फोहोर श्री सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको छ ।
३. यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको छ ।