सफा हिमाल अभियान २०२४ (अपडेट)

१. आज मिति २०८१ वैशाख ०२ गते सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदार सहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ । अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रा पश्चात् सो टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ । पदयात्राको क्रममा  सचेतना अभिवृध्दि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइ समेत गरिनेछ । 

२. AN ENDEAVOUR TO SAVE THE HIMALAYAS भन्ने मूल Theme का साथ सञ्चालन हुन गइरहेको यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

३. यस अघि मिति २०८० चैत्र २९ गते जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले Campaign Leader सेनानी आदित्य कार्कीलाई Campaign Flag हस्तान्तरण गरी अभियानको थालनी गर्नु भएको थियो ।