१. सेना दिवस २०८० को अवसरमा आयोजित नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न भएको छ ।
२. मिति २०८० माघ ०९ गतेदेखि १३ गते सम्म जङ्गी अड्डा परिसरमा सञ्चालन भएको प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहरू राखिएको थियो । यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरूको प्रदर्शनी गरिएको थियो ।
3. पाँच दिनसम्म करिब १० हजार जनाले अवलोकन गरेको उक्त प्रदर्शनीको मिति २०८० माघ ०९ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समुद्घाटन गर्नुभएको थियो ।
४. आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित सो प्रदर्शनीबाट अवलोकनकर्ताहरुलाई नेपाली सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी प्राप्त भएको विश्वास लिइएको छ ।