१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०८० असोज २७ गते स्वदेश फर्कनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव श्री किरणराज शर्मा तथा बलाध्यक्ष रथी श्री सिताराम खड्काले स्वागत गर्नुभयो ।
२. बेलायतका Chief of the General Staff, General Sir Patrick Sanders KCB, CBE, DSO, ADC Gen को औपचारिक निमन्त्रणामा यही असोज २१ गते उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
३. बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले आफ्ना बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गर्नुभयो । उहाँले, Royal College of Defence Studies (RCDS) तथा Royal Military Academy, Sandhrust को भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका Commandant हरुसँग भेट गर्नुभएको थियो । त्यस्तै उहाँले Brigade of Gurkhas को Headquarters को समेत भ्रमण गर्नुभएको थियो ।
४. यसैगरि प्रधान सेनापति बेलायतका लागि नेपाली महामहिम राजदुत ज्ञानचन्द्र आचार्यले उहाँको सम्मानमा नेपाली राजदुतावासमा आयोजना गर्नुभएको रात्रीभोजमा सरिक हुनुभयो। यसअघि उहाँले वेल्स, ब्रेकनस्थित Sennybridge Training Area मा सञ्चालन भएको Exercise Cambrian Patrol मा सहभागी विभिन्न देशका सैनिक टोलीहरूलाई पुरस्कार वितरण गर्न आयोजित Award Ceremony मा सरिक भई पदक तथा प्रमाण-पत्र वितरण गर्नुका साथै उक्त प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट गर्नुभएको थियो ।