रक्षा सचिवद्वारा MONUSCO, कंगोमा तैनाथ फौजको निरीक्षण

१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNITED NATIONS ORGANIZATION STABILIZATION MISSION IN DEMOCRATIC REPUBLIC OF CONGO  (MONUSCO), कंगोमा तैनाथ नेपाली सेनाका युनिटहरुको अपरेशनल तथा बन्दोवस्ती पक्षहरुको निरीक्षण एवं फौजको मनोबल बृद्धि गर्ने उद्देश्यका साथ रक्षा सचिव श्री किरणराज शर्माको नेतृत्वमा मिति २०८० आषाढ १८ गते कंगो प्रस्थान गरेको ६ (छ) सदस्यीय भ्रमणदलले उक्त मिशनका Deputy Special Representative of the Secretary-General (DSRSG) Khassim Diagne तथा Acting Force Commander Major General Benoit Olivier Chavanat सँग भेटघाट गरेको छ ।

२. उक्त भेटघाटका दौरान MONUSCO का अधिकारीहरुले नेपाली शान्ति सैनिकले मिशनको म्यान्डेट अनुरुप प्रदर्शन गरेको व्यवसायिकता तथा योगदानको उच्च प्रशंसा गर्नुभयो । सोही क्रममा रक्षा सचिव श्री किरणराज शर्माले भविष्यमा समेत नेपालले विश्व शान्ति कार्यमा योगदान पुर्‍याउने कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने नेपाल सरकारको नीति बारे जानकारी गराउँदै शान्ति स्थापनार्थ तैनाथ फौजका विविध कठिनाइहरुका विषयमा संयुक्त राष्ट्रसंघको तर्फबाट हुनुपर्ने पहलका बारे ध्यानाकर्षण गराउनु भएको थियो । 

३. हाल MONUSCO Mission, कंगोमा नेपाली सेनाका Mechanized Battalion-१, Quick Reaction Force Company-१ र Engineering Company-१ गरी ३ वटा छुट्टाछुट्टै युनिटहरु तैनाथ रहेका छन् भने स्टाफ अधिकृत तथा सैनिक पर्यवेक्षकहरु सहित कुल ११५४ जना नेपाली शान्ति सैनिकहरु तैनाथ   छन् ।

४. भ्रमणदलमा रक्षा सचिवसँगै उपरथी श्री प्रेमध्वज अधिकारी लगायत रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु संलग्न हुनुहुन्छ ।