Royal College of Defence Studies (UK) का भ्रमणदलको अध्ययन भ्रमण

१. संयुक्त अधिराज्य बेलायतको Royal College of Defence Studies का Commandant Lt Gen (Retd.) Sir George Norton को नेतृत्वमा उक्त कलेजका शिक्षक तथा शिक्षार्थीहरु सम्मिलित १९ सदस्यीय टोली ६ (छ) दिवसीय अध्ययन भ्रमणका लागि मिति २०८० बैशाख २५ गते नेपाल आएको छ । 

२.  भ्रमणदलका प्रमुख Lt. Gen. Norton ले प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग आज जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट गर्नुभएको छ । उक्त टोलीले जङ्गी अड्‍डा, श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

३. विभिन्न राष्ट्रहरुमा संचालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरुले बिभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रहि आएको छ । नेपालमा मित्रराष्ट्रहरुबाट हुने यस किसिमको भ्रमणले सम्बन्धित देशहरुसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।