जनसम्पर्क तथा सूचना निर्देशनालय दिवस विविध कार्यक्रम सहित सम्पन्न

१. श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस अर्थात DPR&I Day आज मिति २०७९ चैत्र १७ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जङ्गी अड्‍डामा विविध कार्यक्रम सहित सम्पन्न भएको छ । 

२. समारोहमा नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७९ का उत्कृष्ट पाँच चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण, सेना दिवस समारोह २०७९ को अवसरमा प्रकाशित सिपाही बार्षिक र सैनिक कमाण्ड तथा स्टाफ कलेजद्वारा यस वर्ष प्रकाशित शिवपुरी जर्नलका उत्कृष्ट लेख रचनाका सर्जकहरु एवं मुल्याङ्कन समितिका सदस्यहरुलाई प्रमाण-पत्र तथा पुरस्कार वितरण गरिएको थियो । 

३. कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुका साथै लघु चलचित्र प्रतियोगिता तथा सिपाही र शिवपुरी जर्नलका मूल्याङ्कन समितिका सदस्यहरु, लघु चलचित्र प्रतियोगीहरु, प्राध्यापक, लेखक, सञ्‍चारकर्मी, कलाकार लगायतको उपस्थिती थियो । 

४. त्यसै अवसरमा World Book of Records, London का प्रतिनिधिहरुले गत फाल्गुण ४ गते सेना दिवसको अवसरमा नेपाली सेनाका ५५८ जनाले एकैसाथ मादलबाट विभिन्न धुनहरु प्रस्तुत गरेर कायम गरेको विश्व किर्तिमानको मूल प्रमाण-पत्र प्रधान सेनापतिलाई हस्तान्तरण गर्नुभयो । यसैगरी प्रधान सेनापतिले उक्त विश्व किर्तिमान कायम गर्ने Event को Jury Members लाई प्रशंसा पत्रका साथै लेखन तथा प्रकाशनको माध्यमले सुरक्षा चेतना बढाउन योगदान गर्ने व्यक्तित्वलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नु भएको थियो । 

५. पुरस्कार वितरणको विवरण यसैसाथ संलग्न गरिएको छ । 

सि.नं.

कार्यक्रम विधा

विवरण

पुरस्कार

कै.

१.

नेपाली सेना लघु चलचित्र प्रतियोगिता- २०७९

कस्तुरी

प्रथम

निर्देशक, श्री रविन तामाङ्ग

शहिदको श्रीमती

द्वितिय

निर्देशक, श्री सविन महर्जन

Army Never off Duty

तृतीय

निर्देशक, श्री यज्ञराज गिरी

एक संकल्प

सान्त्वना

निर्देशक तथा निर्माता, सुश्री शर्मिला आले

सेनाको सन्तती

सान्त्वना

निर्माता, श्री सुवास राई

२.

सिपाही २०७९ र शिवपुरी जर्नल २०७९ का उत्कृष्ट लेख

श्री मनिष जङ्ग पुलामी

प्रथम

सिपाही बार्षिक २०७९

प्रमुख सेनानी श्री माधव थापा

द्वितिय

सिपाही बार्षिक २०७९

सहायक रथी श्री धर्म बहादुर बानियाँ (अ.प्रा.)

तृतीय

शिवपुरी जर्नल २०७९

३.

प्रधान सेनापति प्रशंसा निशान

श्री नारायण अधिकारी

-

-