१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ कार्तिक २० गते रुपन्देही जिल्ला, बुटवलस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा., कैलाली जिल्ला, तेघरीस्थित श्री सुदूर पश्चिम पृतना हे.क्वा. तथा दाङ्ग जिल्ला, भरतपुरस्थित श्री रणसिंहदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको दौरान उहाँले उक्त पृतना हे.क्वा.हरु तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकिकृत सुरक्षा योजनाको साथै गणको वस्तुस्थितिका बारेमा जानकारी हासिल गर्नु भई आवश्यक निर्देशन दिनु भएको थियो । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त पृतना हे.क्वा. तथा गणका सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।
२. आजै, प्रधान सेनापति महारथी शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ को सुरक्षार्थ कपिलवस्तु जिल्लास्थित चन्दौटा ईलाकामा नेपाली सेनाद्वारा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गर्नुको साथै उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त COB मा तैनाथ सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।
३. रक्षा सचिव श्री किरणराज शर्माको सहभागिता रहेको उक्त निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति महारथी शर्माले लुम्बिनी प्रदेशका प्रदेश सचिव दिपक कुमार काफ्ले तथा रुपन्देही जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।
४. दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले मिति २०७९ कार्तिक २१ गते सुर्खेत जिल्ला, निमारेस्थित श्री उत्तर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नुका साथै अछाम र दैलेख जिल्लाहरुमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ को सुरक्षार्थ नेपाली सेनाद्वारा स्थापना गरिएका Company Operating Base (COB) हरुको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।