१. आसन्न "प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९" सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा आज मिति २०७९ असोज ०६ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक श्री राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापा बीच जङ्गी अड्डामा भेटघाट तथा छलफल भएको छ ।
२. नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समिक्षा गर्दै विशेषत: आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको थियो ।
३. साथै, उक्त छलफल कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच "प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९" स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु केन्द्रिय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा समेत छलफल भएको थियो ।