प्रधान सेनापति र अमेरिकाका महामहिम राजदूतबीच भेटवार्ता

१. आज मिति २०७९ भाद्र २७ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत His Excellency Mr. Randy W. Berry बीच जंगी अड्डास्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटवार्ता भएको छ ।

२. नेपालका लागि मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नु भएको अवसरमा सो भेटवार्ता भएको हो । उक्त भेटवार्तामा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिनु भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।