१. "सेना दिवस २०७८" को अवसरमा आमन्त्रित आवासीय तथा गैर-आवासीय सैनिक सहचारीहरुको भ्रमणदलले आज मिति २०७८ फाल्गुण १८ गते जंगी अड्डामा भ्रमण गरेको छ ।
२. जंगी अड्डामा आयोजित कार्यक्रममा श्री युद्धकार्य निर्देशनालयले उक्त भ्रमणदललाई नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरेको थियो । प्रस्तुतिकरण पश्चात प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमणदलका सैनिक सहचारीहरुसँग भेट गर्नुभएको थियो ।
३. उक्त भ्रमणदलमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिका गरी पाँच देशका आवासीय सैनिक सहचारी सहित बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, ईटाली, ईजरायल, मेक्सिको, नाईजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्ड गरी २१ देशका गैर आवासीय सैनिक सहचारीहरु सहभागी भएका थिए ।
४. मिति २०७८ फाल्गुण १६ गतेबाट नेपालको भ्रमणमा रहेको उक्त टोलीले नेपाली सेनाद्वारा मिति २०७८ फाल्गुण १७ गते "महाशिवरात्री तथा सेना दिवस २०७८" को अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सहभागिता जनाएको थियो भने उक्त टोलीद्वारा मिति २०७८ फाल्गुण १९ गते Mountain Flight गर्नुका साथै लुम्बिनी र पोखरामा अवलोकन भ्रमण गर्ने योजना रहेको छ । उक्त टोली मिति २०७८ फाल्गुण २० गते प्रस्थान हुने कार्यक्रम रहेको छ ।
६. छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरुको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।