१. प्रधान सेनापति महारथी प्रभुराम शर्मा तथा रक्षा सचिव किरणराज शर्माले आज मिति २०७८ माघ २७ गते दार्चुलास्थित श्री गुरुगोरख गुल्मको सामुहिक तालिम ईलाका, सुनसेरास्थित श्री दार्चुला-टिंकर सडक आयोजना तथा महेन्द्रनगरस्थित श्री नं.२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।
२. भ्रमणको दौरान उहाँहरुले नेपाली सेनाद्वारा निर्माणाधिन दार्चुला-टिंकर सडक आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो भने तत्पश्चात श्री नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नु भई व्यारेक एरिया समेत निरीक्षण गर्नु भएको थियो ।
३. उक्त निरीक्षण भ्रमण पूर्व उहाँहरुले सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल गर्नु भएको थियो ।
४. दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्मा तथा रक्षा सचिव शर्माले मिति २०७८ माघ २८ गते कञ्चनपुर जिल्ला, गड्डाचौकीस्थित नेपाली सेनाद्वारा निर्माणाधिन होल्डिङ सेन्टरको अवलोकन गर्ने योजना रहेको छ । तत्पश्चात, सुर्खेत, फँलाटेस्थित सामुहिक तालिम ईलाकाको निरीक्षण गर्नुका साथै कमाण्ड तहको अभ्यास "अभ्यास तारागढी" को स्थलगत अवलोकन तथा तालिमरत सकलदर्जाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।