१. श्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, रक्षा सचिव किरणराज शर्मालगायत श्री रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आज मिति २०७८ माघ १५ गते जंगी अड्डामा "Nepali Army Vision-2030" र "बंकर टु व्यारेक कार्यक्रम" सम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण संचालन गरिएको छ । सो अवसरमा श्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा रक्षा सचिवले उक्त कार्यक्रमहरु नेपाल सरकारको प्राथमिकतामा रहेको समेत अवगत गराउनु भयो । उक्त कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
२. उक्त प्रस्तुतीकरण पश्चापत उहाँहरुले ओखलढुङ्गा, खोटाङ र रामेछाप जिल्लामा रहेका ब्यारेकहरुको स्थलगत अवलोकन समेत गर्नु भएको थियो ।