१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको छ ।
२. सोही क्रममा २०७८ पौष २० गते UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS) मा तैनाथ श्री गोरख बहादुर गण (शा.से.) सातौं डफ्फालाई बदली गर्नको लागि श्री चन्दननाथ गण (शा.से.) आठौं डफ्फाको अन्तिम फ्लाईटमा सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक UN Chartered Flight, Ethiopian Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
३. कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको व्यहोरा समेत जानकारी गराईन्छ ।