‘६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को उपलक्ष्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट सकलदर्जालाई सन्देश

१.  भोलि मिति २०७३ मंसिर २५ (तद्अनुसार १० डिसेम्बर २०१६) गते मनाईने ‘६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को उपलक्ष्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाका सकलदर्जालाई शुभकामना सन्देश दिनु भएको छ ।

२. वहाँले शुभकामना सन्देशमा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्दै जनता तथा राष्ट्रको लागि कर्तव्य निर्वाह गर्दै आउनु भएका सकलदर्जालाई धन्यवाद दिनुका साथै ‘६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को सु–अवसरमा सकल सैनिक व्यक्तिहरुलाई शुभकामना दिनु भएको छ ।

३. उक्त सन्देशको क्रममा प्रधान सेनापति श्री क्षत्रीले नेपालको संविधान २०७२ बमोजिम विश्वव्यापी रुपमा स्वीकृत आधारभूत मानव अधिकारको रक्षा गर्ने दायित्व राज्यको हुने हुँदा राज्यको अभिन्न सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाका सकलदर्जाले समस्त नेपालीहरुको मौलिक हक र अधिकारको पूर्ण रुपमा सम्मान गर्दै उच्च पेशागत दक्षताको साथ कर्तव्य पालनामा अडिग रहन निर्देशन समेत दिनु भएको छ ।