सम्माननीय राष्ट्रपतिलाई नेपाली सेनाबाट प्रस्तुतिकरण

१. आज मिति २०७३ कार्तिक २८ गते नेपाली सेनाद्वारा राष्ट्रपति भवन शितल निवासमा सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीलाई नेपाली सेना सम्बन्धी प्रस्तुतिकरण गरिएको छ ।

२. कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राख्नुहुँदै नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अच्छुर्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त हुँदै आएको सहयोग तथा भूमिका महत्वपूर्ण रही आएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्बोपरी राखी कार्य गर्दै आईरहेको बताउनु भयो ।

३. कार्यक्रमको दौरान सम्बन्धित विभागका रथीबृन्दहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको ईतिहास, विकासक्रम, जिम्मेवारी, रणनीति तथा भावी कार्य योजना सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियोे ।

४. प्रस्तुतिकरण पश्चात सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रस्तुतिकरणको लागि धन्यवाद दिनु हुँदै नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । वहाँले नेपाली सेनालाई उच्च मनोवल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई पुरा गर्न निर्देशन समेत दिनुभयो ।

५. उक्त कार्यक्रममा राष्ट्रपति कार्यालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीबृन्दको उपस्थिति रहेको थियो ।