“प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७३” सम्पन्न

१. नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा मिति २०७३ कार्तिक १९ गतेबाट संचालन भएको “प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७३” आज मिति २०७३ कार्तिक २४ गते लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा आयोजित एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । सशस्त्र प्रहरी महिला फुटवल टिम र मध्यमाञ्चल महिला फुटबल टिमबीच भएको फाईनल खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले मध्यमाञ्चल महिला फुटबल टिमलाई ३–१ गोल अन्तरले पराजित गरी उपाधि जितेको हो ।

२. उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सशस्त्र प्रहरी महिला फुटबल टिमलाई प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले ट्रफी, मेडल र नगद रु.३,००,००० (तीन लाख) प्रदान गर्नु भएको थियो भने द्वितीय भएको मध्यमाञ्चल महिला फुटबल टिमलाई मेडल तथा प्रमाणपत्र र नगद रु १,५०,०००

(एकलाख पचास हजार) प्रदान गर्नु भएको थियो । सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्न सफल सशस्त्र प्रहरी महिला फुटबल टिमकी सावित्रा भण्डारीलाई प्रधान सेनापति श्री क्षत्रीले स्कुटरको साँचो प्रदान गर्नुभएको थियो ।

३. प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट फरवार्डमा सशस्त्र प्रहरी महिला फुटबल टिमका क्रमशः जनक सिंह र सरु लिम्बु घोषित भए । त्यसैगरी उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोल किपरमा मध्यमाञ्चल महिला फुटबल टिमकी निशा थोकर र अञ्जना रानामगर घोषित भए भने उत्कृष्ट मिडफिल्डरमा त्रिभुवन आर्मी महिला फुटबल टिमकी सुमित्रा योञ्जन घोषित भईन ।

४. नकआउटको आधारमा संचालन गरिएको उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतका महिला फुटवल टिम दुई, विगतका पाँच विकास क्षेत्रका पाँच महिला फुटवल टिम लगायत विभागीय टिमहरु त्रिभुवन आर्मी महिला फुटवल टिम, नेपाल प्रहरी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटबल टिम गरी कुल दश टिम सहभागी हुने भनिएकोमा मित्रराष्ट्र भारतको बिहार महिला फुटबल टिम विविध कारणले सहभागी हुन नसकेको हुँदा नौ टिम बीच खेल संचालन भएको थियो ।

५. उक्त समापन समारोह कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, अखिल नेपाल महिला फुटवल संघकी अध्यक्ष लगायत अन्य पदाधिकारीहरु, नेपाल फुटबल संघका पदाधिकारी, अन्य सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरु, सेनानी समुह लगायत संचारकर्मी तथा खेलप्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

६. ‘स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद’ भन्ने अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ । “प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७३” आयोजना यसकै निरन्तरता हो । यसबाट महिला खेलाडीहरुलाई समान अवसर प्रदान हुने साथै, पुरुष जस्तै महिलामा भएको असीम प्रतिभा प्रदर्शन गर्न अवसर प्रदान हुने अपेक्षा राखिएको छ । यस प्रतियोगिताबाट महिला फुटबल खेलको बिकासमा थप टेवा पुग्नुको साथै नेपाली सेना र राष्ट्रिय खेलकुद परिषद् तथा अखिल नेपाल फुटबल सङ्घ बिचको सम्बन्ध थप प्रगाढ हुने कुरामा नेपाली सेना पूर्ण रुपमा बिश्वस्त रहेको छ ।