‘बडा दशैं २०७३’ को उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फुलपाती बढाइँ कार्यक्रम सम्पन्न

‘बडा दशैं २०७३’ को उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फुलपाती बढाइँ कार्यक्रम सम्पन्न

१. आज मिति २०७३ असोज २२ गते सम्माननीय राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुंडिखेलमा नेपाली सेनाद्वारा आयोजित फुलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको छ ।

२. उक्त कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी सम्माननीय राष्ट्रपतिज्यूमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने ‘बडा दशैं २०७३’ को उपलक्ष्यमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै पाटामा एकठ्ठा बढाइँ र सबै पाटाले एकठ्ठा बढाइँ गरेको थियो । त्यसैगरी, सोही अवसरमा बढाइँ कवाज टोलीले नेपाली सेनाको चिन्ह षट्कोण तथा राष्ट्रिय झण्डाको आकृति प्रदर्शन गरी लहरे र एकठ्ठा बढाइँ गर्नुको साथै विभिन्न तोपबाट समेत लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो । बढाइँ कार्यक्रमको अन्त्यमा, बढाइँ कवाजमा भाग लिने टोलीहरुले ईज्जत अर्पण (मार्च पाष्ट) कवाज समेत प्रदर्शन गरेको थियो ।

३. नेपाली सेनाद्वारा आयोजित उक्त फुलपाती बढाइँ समारोहमा सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुन, सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल, सम्माननीय प्रधानन्यायाधिस श्रीमती सुशिला कार्की, मन्त्रीगणहरु, पूर्व प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रधान सेनापतिहरु तथा पूर्वरथीबृन्दहरु, रथीबृन्दहरु, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्ध–प्रतिष्ठित व्यक्तित्वहरु, सेनानी समूह लगायत सञ्चारकर्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।