प्रधान सेनापतिबाट सकलदर्जालाई सम्बोधन

१. आज मिति २०७३ असोज १७ गते जङ्गी अड्डाको सभा मण्डपमा एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्वदेश तथा विदेशमा तैनाथ रही कर्तव्यपालनामा समर्पित रहनुभएका नेपाली सेनाका सकलदर्र्जा, नेपाली सेनामा सेवारत निजामति कर्मचारीहरु, अवकाश प्राप्त सैनिकहरु एवम् वहाँहरुको सम्पूर्ण परिवारजनहरुमा ‘विजया दशमी २०७३’ को हार्दिक शुभ कामना व्यक्त गर्नु भएको छ ।

२. उक्त कार्यक्रममा प्रधान सेनापति श्री क्षत्रीले विगत एक वर्षको अवधिमा भएका महत्वपूर्ण अपरेशनल, बन्दोबस्ती तथा कल्याणकारी कार्यहरुको प्रगति तथा भावी कार्यदिशा बारे जानकारी गराउनुको साथै सकलदर्जाहरुलाई उच्च हौसला एवम् मनोबलका साथ थप व्यवसायिक, निष्ठावान र ईमान्दारी पूर्वक आ–आफ्नो जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न निर्देशन दिनु भएको छ ।