प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा अभ्यास “आतंक प्रतिकार–१” को निरीक्षण

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा आज मिति २०७३/०६/०२ गते श्री उपत्यका पृतना हे.क्वा.को नेतृत्व र समन्वयमा श्री विशेष फौज बाहिनी, श्री युद्धभैरब गण तथा नेपाली सेनाका विभिन्न युनिटहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र राष्ट्रिय अनुसन्धान विभागका प्रति आतंककारी कार्वाही हेर्ने युनिटका सकलदर्जाको सहभागीतामा Hostage Rescue सम्बन्धि कथाबस्तुमा आधारित भई भक्तपुर जिल्लामा संचालन गरेको अभ्यास “आतंक प्रतिकार–१” को निरीक्षण गर्नु भएको छ ।

२. विश्वमा बढ्दै गएको आतंककारी गतिविधीलाई दृष्टिगत गर्दै यस किसिमका आतंकबादी घटना नेपालमा पनि घटेमा त्यसलाई सशक्त रुपमा प्रतिकार गर्न विशेष फौज, पैदली फौज, सपोर्टिङ्ग युनिटहरु र अन्य सुरक्षा निकायहरु समेतलाई एकीकृत र समन्वयात्मक ढङ्गबाट परिचालन गर्ने उद्धेश्यले आंतक प्रतिकार अभ्यास संचालन गरिएको हो । साथै अभ्यासको समाप्ती पश्चात प्रधान सेनापति श्री क्षत्रीले प्रति आतंककारी कारवाहीको अभ्यासको क्रममा प्रयोग गरेको हतियार, ईक्प्युपमेन्ट, Tactical Operation Centre (TOC) र Mobile Operation Centre (MOC) को समेत निरीक्षण गर्नु भएको थियो ।

३. उक्त अभ्यास निरीक्षण कार्यक्रममा रथीबृन्द, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक, अधिकृत लगायत विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।