प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र फिलिपिन्स तथा दक्षिण कोरियाको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुहुंदै

१. मिति २०७३ भाद्र १८ गतेदेखि मित्रराष्ट्र फिलिपिन्स तथा दक्षिण कोरिया भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री भ्रमण सम्पन्न गरी आज मिति २०७३ भाद्र २६ गते बेलुकी स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

२. भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र फिलिपिन्स सेनाको संयुक्त तत्वावधानमा फिलिपिन्सको मनिलामा मिति २०७३ भाद्र २० गतेदेखि ऐ. २२ गतेसम्म संचालन भएको एसिया प्रशान्त क्षेत्रीय देशहरुको सैनिक प्रमुखहरुको बार्षिक सम्मेलन Annual Chiefs of Defense (CHOD) Conference 2016 र दक्षिण कोरियाको सियोलमा Republic of Korea Army ले मिति २०७३ भाद्र २२ गतेदेखि ऐ.२५ गतेसम्म आयोजना गरेको प्रतिरक्षा सामाग्री प्रदर्शनी (Defense Expo Korea 2016) मा सहभागी हुनु भएको थियो ।

३. उक्त भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डका कमाण्डर, मित्रराष्ट्र फिलिपिन्स, जापान, थाईल्याण्ड, सिंगापुर र ब्रुनाइका सेनाध्यक्ष तथा बेलायत र न्युजील्याण्डका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता समेत गर्नु भएको थियो ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण तथा भेटघाटबाट आगामी दिनमा हुने सहयोग र सहकार्यका क्षेत्रलाई विस्तार गर्न थप मद्धत पुग्ने देखिन्छ । साथै, नेपाली सेना र मित्रराष्ट्रका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध तथा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।