प्रधान सेनापति र United Nations Department of Field Support (DFS) का Under Secretary General (USG) HE Mr. Atul Khare बीच शिष्टाचार भेटवार्ता

१.  आज मिति २०७३ भाद्र १३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग नेपाल भ्रमणमा आउनु भएका United Nations Department of Field Support (DFS) का Under Secretary General (USG) HE Mr. Atul Khare ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा HE Mr. Atul Khare संग संयुक्त राष्ट्र संघको अनुरोधमा नेपाली सेनाले विश्व शान्तिको लागि पुर्‍याउँदै आएको बहु–आयामिक योगदानका विषयबस्तुहरु, आगामी दिनहरुमा गरिने सहयोग एवम् सहकार्यका क्षेत्रहरुलाई कसरी विस्तार गर्ने र नेपालमा शान्ति सुरक्षाको विद्यमान बस्तुस्थितिका सम्बन्धमा छलफल भएको थियो । त्यसैगरी, वहांले द्वन्द्वग्रस्त मुलुकहरुमा परेको संकटको समयमा संयुक्त राष्ट्र संघलाई आवश्यक परेको फौज यथाशिघ्र खटाई विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाले खेलेको अग्रणी भूमिकाको लागि प्रशंसा सहित विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

३. Under Secretary General (USG) HE Mr. Atul Khare मिति २०७३ भाद्र १२ गते नेपाल भ्रमणको लागि आई पुग्नु भएको थियो । नेपाल बसाईको क्रममा वहाँले सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री, माननीय परराष्ट्र मन्त्री, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं सशस्त्र प्रहरी महानिरीक्षकसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

४. HE Mr. Atul Khare नेपाल भ्रमण सम्पन्न गरी मिति २०७३ भाद्र १४ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।