नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम Balance Nail 16-3014 संचालन
१. आज मिति २०७३ आषाढ १३ गतेदेखि नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको ODA 1233, C Company, 2nd Battalion, 1st Special Forces Group (Airborne) बीच छाउनीमा Balance Nail 16-3014 तालिम विभिन्न चरणहरुमा पुरा हुने गरी संचालन भएको छ ।

२. श्री महावीर गण (रेञ्जर) हे.क्वा., छाउनी र श्री उच्च शिखर शिक्षालय, जोमसोम÷कैसाङ्ग ईलाकामा करिब एक महिनासम्म संचालन हुने उक्त तालिममा Human Rights and Law of War, Tactical Combat Casualty Care (TCCC), High Altitude Medicine, Mission Planning, Basic Mountaineering Skills (Rock, Level III), Advance Mountaineering Skills (Rock, Level II), High and Low Angle Rescue Techniques, Alpine Movement, Ice Climbing, Ice Anchors, Crevasse Rescue, Avalanche Search and Rescue, Improvised Helicopter Landing Zone and Drop Zone Marking For Resupply, Civli Military Operation (CMO), Mediation, Key Leader Engagements, Negotiation, Assessments and Field Training Exercise (FTX)आदि बिषयहरु समावेश गरिएको छ । यस प्रकारको संयुक्त तालिम नेपाली सेना र अमेरिकी सेनाको Special Forces बीच विगत लामो समयदेखि संचालन हुंदै आईरहेको छ ।

३. उक्त तालिम संचालन पूर्व मित्रराष्ट्र संयुक्त राज्य अमेरिकी टोली मिति २०७३ आषाढ ११ गतेसम्म आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो ।

४. दुई देश बीचका सैनिकहरु सहभागी भई संचालन हुने यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । साथै, यस किसिमको संयुक्त तालिम÷अभ्यासबाट दुई देशका सेनाको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।