प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री युनिफिल मिशन लेबनानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुहुंदै

१. मिति २०७३ आषाढ ०७ गतेदेखि युनिफिल मिशन लेबनानको निरीक्षण भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री भ्रमण सम्पन्न गरी आज मिति २०७३  आषाढ १२ गते बेलुकी स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

२. उक्त भ्रमणको दौरान प्रधान सेनापति श्री क्षत्रीद्वारा शान्ति स्थापना कार्यको लागि युनिफिल  मिशन लेबनानमा तैनाथ श्री गोरखदल गण (शा.से.) ५७ औं डप्mफाको गण हे.क्वा. तथा सो गण अन्तर्गत लेबनानको विभिन्न स्थानहरुमा तैनाथ पोष्टहरुको स्थलगत निरीक्षण भ्रमण गर्नुभई त्यहांको बस्तुस्थितिका बारेमा जानकारी लिई सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. त्यसैगरी, भ्रमणकै क्रममा प्रधान सेनापति श्री क्षत्रीले लेबनानका सम्माननीय कायम मुकायम राष्ट्रपति एवं प्रधानमन्त्री Mr. Tammam Salam तथा रक्षामन्त्री Mr. Samir Moukbel लगायत Lebanese Armed Forces Commander General Jean Kahwaji, युनिफिलका Head of Mission / Force Commander Major General Luciano Portolano (Italy) र Sector East Commander Brigadier General Alfredo Perez De Aguado Martinez (Spain) सँग समेत भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताको क्रममा वहांहरुबीच युनिफिल मिशन लेबनानका विविध पक्षहरुका साथै नेपाली शान्ति सैनिकहरुको भूमिका सम्बन्धमा छलफल भएको थियो ।

४. यस किसिमको शान्ति स्थापनार्थ तैनाथ स्थानहरुमा सैनिक नेतृत्व वर्गको भ्रमण र संयुक्त राष्ट्रसंघका पदाधिकारीहरुसंगको भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय छवि प्रबद्र्धन हुनुको साथै नेपाली शान्ति सैनिकहरुको हौसला अभिबृद्धि गर्न थप मद्दत पुग्ने तथा संयुक्त राष्ट्रसंघ, नेपाल र सम्बन्धित राष्ट्रबीच रहंदै आएको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।