प्रधान सेनापति र मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Admiral Sun Jianguo बीच भेटवार्ता

१. नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Joint Staff Department, Central Military Commission का Deputy Chief, Admiral Sun Jianguo ले आज मिति २०७३ जेठ २७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग जंगी अड्डामा भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र Admiral Sun Jianguo बीच आपसी द्विपक्षीय हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको थियो । सोही अवसरमा वहांले बलाधिकृत रथी श्री वलदेव राज महतसंग समेत भेटवार्ता गर्नु भएको थियो ।

३. यसअघि, Admiral Sun Jianguo लाई जंगी अड्डामा कार्यरथी उपरथी श्री सुन्दर पुडासैनीले स्वागत गर्नु भएको थियो भने वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत समेत अर्पण गरेको थियो ।

४. मिति २०७३ जेठ २४ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहनु भएका Admiral Sun Jianguo चारदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फिर्ता हुनु भएको छ ।

५. यस किसिमको छिमेकी मित्रराष्ट्रका उच्च्पदस्थ सैनिक अधिकारीको नेपाल भ्रमण र सैनिक नेतृत्ववर्ग संगको भेटवार्ताले दुई देश बीचको आपसी सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।