प्रधान सेनापतिद्वारा “लघु चलचित्र प्रतियोगिता–२०७२” का उत्कृष्ट लघु चलचित्रहरु तथा “सिपाही वार्षिक र “शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई पुरस्कार वितरण

१. नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता २०७२” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई आज मिति २०७३ जेठ १७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच पुरस्कार वितरण गर्नु भएको छ ।

२. “लघु चलचित्र प्रतियोगिता २०७२” मा प्रथम हुने देवेन्द्र पाण्डेकोे लघु चलचित्र “राष्ट्रको पहरेदार”, द्वितीय हुने सुरज पौडेलको लघु चलचित्र “लक्ष्य जिन्दगीको” र तृतीय हुने प्रतिश श्रेष्ठको लघु चलचित्र “नयां घर” लाई क्रमश रु.१,५०,०००।–, रु.१,००,०००।– र रु.५०,०००।– नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगितामा चौथो हुने विवेक पौडेलको लघु चलचित्र “अध्याय” र पाचौं हुने डेबिन राईको लघु चलचित्र “सिपाही” लाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.१०,०००।— र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगीताका सम्पुर्ण प्रतियोगीहरुलाई प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो ।

३. सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक २०७२” तथा “शिवपुरी जर्नल–२०१५” मा प्रकाशित लेखहरु मध्ये प्रथम हुने प्रमुख सेनानी श्री रञ्जित थापाको सिपाही वार्षिकमा प्रकाशित A Thin Grey Line: Exploring the Dynamics of Strategy, Military and History in the Present Context , द्वितीय हुने प्राध्यापक डा. श्री रविन्द्र खनालको शिवपुरी जर्नलमा प्रकाशित National Security  र तृतीय हुने सहायक रथी श्री गौरव तण्डुलको शिवपुरी जर्नलमा प्रकाशित A Critical Analysis of Human Trafficking in Nepal: A Study of Citizen's Security शीर्षकका लेखहरुलाई शिल्ड, प्रमाण(पत्र तथा नगद पुरस्कार क्रमशः रु.५०,०००।–, रु.२५,०००।– र रु.१५,०००।– प्रदान गरिएको थियो भने अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद रु.१०,०००।– तथा प्रशंसा(पत्र प्रदान गरिएको थियो ।

४. उक्त अवसरमा लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सो समारोहमा जंगी अड्डाका रथीबृन्द, प्राज्ञहरु, संचारगृहका प्रबद्र्धक र सम्पादकहरु, चलचित्रकर्मी कलाकार तथा श्रष्टाहरु र उल्लेख्य संख्यामा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

५. हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयबस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आईरहेको छ । यस किसिमको प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित र नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।