प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र संयुक्त राज्य अमेरिका जानुहुंदै

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको सेनाको औपचारिक निमन्त्रणामा US Army Command and General Staff College, Fort Leavenworth, Kansas तथा US Army War College, Carlisle Barrack, Pennsylvania मा आयोजना हुने International Fellows Hall of Fame Induction Ceremony (IHOF) मा सहभागी हुन मिति २०७२ बैशाख १२ गते अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

२. अमेरिकी सेनाको उक्त शिक्षण संस्थाहरुले त्यहांबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल हुनु भएका शिक्षार्थीहरुलाई यस्तो सम्मान दिने प्रावधान अनुरुप प्रधान सेनापति महारथी श्री क्षत्री सो सम्मान ग्रहण गर्न जान लाग्नु भएको हो । यी दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको International Hall of Fame मा सम्मानित हुनु हुने वहां नेपाली सेनाको पहिलो प्रधान सेनापति हुनुहुन्छ ।

३. प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त भ्रमणको दौरान अमेरिकी सरकारका उच्चपदस्थ अधिकारी लगायत बरिष्ठ सैनिक अधिकृतहरु तथा संयुक्त राष्ट्र संघका पदाधिकारीहरुसंग भेटघाट गर्नुका साथै विभिन्न सैनिक संरचनाहरुको समेत निरक्षिण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

४. प्रधान सेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणदलमा श्रीमती रीता क्षत्री, सह सैनिक सहायक महा सेनानी अनुप जंग थापा लगायत ५ जना रहनु हुनेछ ।

५. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

६. उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७३ बैशाख २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।