प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७२ चैत २० गतेको ११०५ बजे स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीलार्ई बलाधिकृत रथी श्री बलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । वहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदुत Mr. Wu Chuntai, रक्षा सचिव श्री जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

३. चिनियाँ जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा प्रधान सेनापति महारथी श्री क्षत्री सप्ताहव्यापी भ्रमणको लागि मिति २०७२ चैत १४ गते मित्रराष्ट्र चीन प्रस्थान गर्नु भएको थियो ।

भ्रमणको दौरान वहांले चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष General Fang  Fenghui, Vice Chairman of Central Military Commission General Xu Qiliang, Leader of   Western Theatre Command संग भेटवार्ता गर्नु भएको थियो । त्यसैगरी वहांले चीनको Air Defense Academy, Special Operation Brigade, 13th Group Corps लगायत चीनको विभिन्न ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरुकोे निरीक्षण भ्रमण गर्नु भएको थियो ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।