प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान

१. नेपाल सरकारको निर्णय वमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui  को औपचारिक निमन्त्रणामा मिति २०७२ चैत १५ गतेदेखि मिति २०७२ चैत १९ गतेसम्म सप्ताहव्यापी औपचारिक भ्रमणको लागि ८ सदस्यीय भ्रमण दल सहित आज मिति २०७२   चैत १४ गते दिउंसो मित्रराष्ट्र चीनतर्फ प्रस्थान गर्नुभई आजै बेईजिङ्ग पुग्नु हुने कार्यक्रम रहेको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीलार्ई बलाधिकृत रथी श्री वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । यसअघि प्रधान सेनापति महारथी श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपालस्थित चीनका Charge D' Affairs, रक्षा सचिव श्री जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

३. प्रधान सेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलममा पहिलो पटक हुन लागेको चीन भ्रमणकोे दौरान प्रधान सेनापति महारथी श्री क्षत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण लगायत उच्चस्तरिय पदाधिकारीहरुसंग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियां सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

५. उक्त अवधिभर प्रधान सेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी श्री वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।