प्रधान सेनापतिद्वारा बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ लाई स्वागत

१. आज मिति २०७२ चैत ९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा नेपालको विभिन्न स्थानहरुको भ्रमण गरी नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं फर्कनु भएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको छ ।

२. नेपाल–बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष पूरा भएको अवसरमा बेलायती महारानीको प्रतिनिधिको रुपमा पाँच दिने औपचारिक भ्रमणमा नेपाल आउनु भएका बेलायतका राजकुमार ‘ह्यारी’ लाई प्रधान सेनापति महारथी श्री क्षत्रीले स्वागतकै क्रममा नेपाली सेनाको तर्फबाट सम्झना स्वरुप उपहार प्रदान गर्नु भएको थियो । सो अवसरमा बेलायतका राजकुमार ‘ह्यारी’ ले नेपाली सेनाको प्रशंसा गदैं आफ्नो भ्रमणको दौरानमा नेपाली सेनाले पु¥याएको सहयोगको लागि धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

३. नेपाल भ्रमणमा रहनु भएका बेलायती राजकुमार ‘ह्यारी’ र प्रधान सेनापति महारथी श्री क्षत्रीबीचको भेटघाटले द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।