१. नेपाल सरकारको निर्णय वमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाल सरकारद्वारा मानार्थ महारथी दर्जाद्वारा सुशोभित General
Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC को औपचारिक निमन्त्रणामा मिति २०७२ माघ १८ गते औपचारिक भ्रमणको लागि मित्रराष्ट्र भारत प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।
२. प्रधान सेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधान सेनापति महारथी श्री क्षत्रीलाई भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थल सेनाको मानार्थ महारथी (Honorary
General of Indian Army) दर्जाको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम(Investiture Ceremony) रहेको छ । दुई देशको सेना बीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएकोे छ ।
३. भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखहरुलाई भेटघाट गर्नुहुनेछ । भेटघाटको सिलसिलामा प्रधान सेनापति महारथी श्री क्षत्रीले भारत सरकारका गृहमन्त्री, रक्षा मन्त्री, विदेश मन्त्री लगायत उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाट गर्नुहुने कार्यक्रम समेत रहेको छ । विभिन्न औपचारिक समारोहहरुमा हुने भेटघाटको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले भारतका महामहिम राष्ट्रपति तथा बरिष्ठ भारतीय अधिकारीहरुलाई महामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी तथा नेपाल सरकार र नेपाली जनताका तर्पmबाट शुभकामना दिनु हुनेछ ।
४. प्रधान सेनापतिको भ्रमणदलमा श्रीमती रीता क्षत्री, सैनिक समाचार महानिर्देशक उपरथी श्री शम्शेर ठकुराठी, प्रधान सेनापतिको सैनिक सहायक सहायक रथी श्री काजी बहादुर खत्री लगायत ९ (नौ) जना रहनु हुनेछ ।
५. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र एक अर्को सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने प्रचलनबाट नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमुधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
६. उक्त भ्रमण सम्पन्न गर्नुभई प्रधान सेनापति महारथी श्री क्षत्री सहितको उच्चस्तरिय भ्रमणदल मिति २०७२ माघ २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।