नेपाली सेनाद्वारा चिसोद्वारा प्रभावित भूकम्प पीडितहरुलाई राहत सामग्री वितरण

१. मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुमा बिगत केही दिन देखी परिरहेको हिमपातको कारण भूकम्प पीडित जनताहरुको दैनिकी कष्टकर बन्दै गईरहेकोले नेपाली सेनाले न्यानो कपडा तथा खाद्यन्न बितरण कार्य शुरु गरेको छ । 

२. नेपाली सेनाद्वारा राहत सामग्री वितरण कार्यक्रम अन्तर्गत हाललाई गोरखा जिल्लाको लाप्राक–५ गुप्सीपाखाका ५०० परिवार, दोलखा जिल्लाको लापिलाङ्ग–६ ताईथलीका ६०० परिवार र नुवाकोट जिल्लाको साल्मे, घलेगाउका ७०० परिवारलाई लक्षित गरिएको छ । 

३. राहत वितरण कार्यको लागि दोलखा जिल्लामा मण्डी १२०० गोटा, टाटपोलिन ६०० गोटा, ब्ल्यांकेट ६०० गोटा, NonVeg Field  राशन १२०० प्याकेट, बिस्कुट २४०० प्याकेट नेपाली सेनाले मिति २०७२ पौष २७ गते काठमाण्डौबाट ढुवानी गरी सम्बन्धीत जिल्ला सदरमुकाममा पठाईसकेको छ । त्यसैगरी नुवाकोट जिल्लामा मण्डी १४०० गोटा, टाटपोलिन ७०० गोटा, जरकीन १०० गोटा, चामल ७५ प्याकेट, ब्ल्यांकेट १२०० गोटा, NonVeg Field  राशन १४०० प्याकेट, बिस्कुट २८०० प्याकेट, पछयौरी ५२३ गोटा एवम् गोरखा जिल्लामा मण्डी १००० गोटा, टाटपोलिन ५०० गोटा, जरकीन ५०० गोटा, चामल ५०० प्याकेट, NonVeg Field  राशन १००० प्याकेट र बिस्कुट २००० प्याकेट ढुवानी गरी सम्बन्धीत जिल्ला सदरमुकाममा पठाईसकेको छ ।

४. त्यसैगरी चिसोबाट अति प्रभावित गोरखा जिल्लाको लाप्राक ईलाकामा मिति २०७२ पौष २७ गते नै राहत सामग्री नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरद्वारा ढुवानी गरी वितरण गर्न प्रतिकुल मौसमको वावजुद प्रयास गरिएको भएतापनि सो कार्य गर्न सम्भव नभएकोले आज मिति २०७२ पौष २८ गते ५०० गोटा स्लिपिङ्ग व्याग र ३०० गोटा मण्डी ढुवानी गरी चिसोबाट प्रभावित स्थानीय भूकम्प पीडितहरुलाई वितरण गरिएको छ । साथै, आजै गोरखा जिल्लाको वारपाक ईलाकामा समेत केहि राहत सामग्रीहरु नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरी वितरण कार्य शुरु गरिएको छ । त्यस्तै, नुवाकोट जिल्लामा भोली मिति २०७२ पौष २९ गतेबाट र दोलखा जिल्लामा मिति २०७२ माघ १ र २ गते राहत सामाग्रीहरु वितरण गर्ने योजना रहेको छ । 

५. नेपाली सेना हाल चिसोको कारण उत्पन्न मानवीय संकटको घडी एवम् जस्तोसुकै परिस्थितिमा समेत संवेदनशिल भई निस्वार्थ भावनाले देश र जनताप्रति उत्तरदायी एवं अनवरत रुपमा समर्पित रहने बिश्वास दिलाउन चाहन्छ ।