WELFARE IN NEPALESE ARMY

सैनिक कल्याणकारी कोष सम्बन्धि जानकारी

पृष्ठभूमी

१. नेपाली सेना शान्ति स्थापनार्थ कार्यको लागि UN मा सहभागी भए बापत प्राप्त करिब रु. १ करोड २४ लाख १ हजारबाट वि.सं. २०३२ सालमा “सैनिक कल्याणकारी कोष” को स्थापना भएको हो । “बहुजन हिताय, बहुजन सूखाय” आदर्श वाक्य रहेको कोषबाट स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा विमा जस्ता कल्याणकारी कार्यहरु संचालन हुंदै आईरहेका छन् ।


२. “सैनिक ऐन २०६३” तथा “सैनिक कल्याणकारी कोष नियमावली २०६५” अन्तरगत कोष संचालित छ । कल्याणकारी कोषको कार्य सञ्चालन सैनिक ऐन २०६३ को दफा २९ (३) मा व्यवस्था भए बमोजिम प्रधान सेनापतिज्युको अध्यक्षतामा ७ सदस्यीय “कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति” रहने व्यवस्था रहेको छ । उक्त ऐनमा व्यवस्था भए अनूसार कोषको संरक्षकमा सम्माननीय प्रधानमन्त्रीज्यु र सह संरक्षकमा माननीय रक्षामन्त्रीज्यु रहने व्यवस्था छ ।

 

कोषको आर्थिक अवस्था

३. वि.सं. २०३२ सालमा रु. १ करोड २४ लाख १ हजारबाट स्थापना भएको कोषको मौज्दात रकम २०७२ आषाढ मसान्तसम्म रु. ३०  अर्व ३४ करोड ६६ लाख २० हजार रहेको थियो भने २०७३ आषाढ मसान्तमा लेखापरिक्षण हुनु अघि करिब रु. ३२ अर्व ५९ करोड ८७ लाख ६७ हजार रहेको छ । साथै,  बैंक मौज्दात र लगानी समेत २०७३ आषाढ मसान्त सम्ममा कोषको लेखापरीक्षण अगाडिको यथार्थ मौज्दात रु. ३६ अर्व ५३ करोड ९७ लाख ५५ हजार रहेको छ ।

 

बैंक तथा वित्तिय संस्थाहरुसंगको निक्षेप असूली

४. नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका वा अदालतको आदेशबाट विघटनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट कोषको निक्षेप सूरक्षित रुपमा असुल गर्न यस्ता बैंक तथा वित्तिय संस्थाहरुको अचल सम्पत्ति रोक्का गर्ने कार्य भएको छ । यस्ता बैंक तथा वित्तिय संस्थाहरुमा रु. ८२ करोडसम्म निक्षेप रहेकोमा क्रमशः असुलउपर गरी हाल कुल मौज्दातको करिब ०.९ प्रतिशत अर्थात यस्तो निक्षेपको सांवा रकम रु. २७ करोड ४९ लाख रहेको छ ।

 

कोषको आयश्रोत

५. कोषको आयश्रोत निम्नानूसार रहेको छ ।

  • शान्ति सेनामा भाग लिए वापत प्राप्त हुने रकम ।
  • बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज ।        
  • विद्यार्थीहरूबाट प्राप्त हुने शूल्क ।
  • परिवार आवास भाडा वापत प्राप्त हुने रकम । 
  • MSA (Mission Subsistence Allowance) बाट प्राप्त हुने छ प्रतिशत रकम ।
  • विदेशी मूद्रा सटही प्रिमियम ।
  • वीरेन्द्र सैनिक अस्पतालबाट विभिन्न शिर्षकमा प्राप्त हुने रकम ।
  • नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानबाट प्राप्त हुने शिक्षण शूल्क ।
  • टेण्डर फारम बिक्री र सामान ढिला बूझाए वापत प्राप्त हुने विलम्ब शूल्क ।
  • पेट्रोल पम्पबाट प्राप्त हुने आर्थिक सहयोग रकम ।
  • “सैनिक ऐन २०६२” ले दिएको अधिकार प्रयोग गरी आर्जन गरेको विभिन्न योजना तथा आय मुलक कार्यहरुबाट प्राप्त हुने रकम ।

कोषको कार्य संचालनको पारदर्शीता

 ६. कोषको कार्य संचालनको पारदर्शीताको लागि निम्नानूसार व्यवस्था छ ।

  • “सैनिक ऐन २०६३” र “सैनिक कल्याणकारी कोष नियमावली २०६५” द्वारा व्यवस्थित कार्यको पालना ।
  • कोषको बार्षिक प्रतिवेदन कोषका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्युमा पेश गर्ने व्यवस्था ।
  • आन्तरिक लेखा परिक्षण र महालेखा परिक्षकको कार्यालयबाट नियमित रुपमा लेखा परीक्षण गराउने व्यवस्था ।
  • “सैनिक ऐन २०६३” बमोजिम सैनिक कल्याणकारी कोष र अन्र्तगतका निकायहरुले गरेका कारोवारहरुको लेखापरीक्षण गरी कोषको आर्थिक क्रियाकलापका सम्बन्धमा देखिएका व्यहोरा महालेखा परीक्षकको बार्षिक प्रतिवेदन मार्फत सार्वजनिक गर्नूपर्ने संवैधानिक प्रावधान अनूसार प्रत्येक बर्ष सार्वजनिक गर्ने व्यवस्था ।              
  • कोषको संचालन, व्यवस्थापन र संचालित कल्याणकारी गतिविधि बारेमा आफ्ना हिताधिकारीहरुलाई जानकारी गराउन परिपत्र गर्ने व्यवस्था ।
  • Press Brief, “कल्याणकारी दर्पण” तथा “हाते पूस्तिका” प्रकाशन एवं WebSite मार्फत जानकारी उपलब्ध गराउने व्यवस्था ।

 

आर्थिक वर्ष ०७२/७३ मा सञ्चालन भएका कल्याणकारी कार्यहरु

सैनिक कल्याणकारी कोषबाट सञ्चालित कल्याणकारी कार्यहरुलाई विस्तार र विकेन्द्रित गर्दै आर्थिक वर्ष २०७२/७३ मा निम्न अनुसारका कल्याणकारी कार्यहरु सञ्चालन गरिने योजना स्वीकृत भएको ।


विनाशकारी भूकम्प पीडितलाई राहत

१.       २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र तत्पश्चात गएका पराकम्पनका कारण पीडित बहालवाला एवम् भूतपूर्व सैनिकहरुलाई राहत पुर्‌याउने उद्देश्यले मिति २०७२।०६।१३ गतेसम्म राहत प्राप्तीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु पुरा भएका ४२ हजार ६ सय ३१ जना भूकम्प पीडित बहालवाला तथा भूतपूर्व सैनिकहरुलाई चार चरणमा गरी रु.२ अर्ब ४९ करोड ५ लाख ५७ हजार राहत रकम बितरण भएको ।  

२.       बिनाशकारी भूकम्पबाट घरबासको क्षति भई पुनः आवास निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक प्रविधि सम्बन्धी आवश्यक प्राविधिक परामर्श सेवा उपलब्ध गराउन अति प्रभावित जिल्लाहरुमा खटाईएका Technical Support Team हरुद्वारा भूकम्प प्रतिरोधात्मक घर निर्माण तथा मर्मत सम्बन्धी सिप तथा ज्ञान प्रदान गर्ने व्यवस्था मिलाईएको । 

३.       आर्थिक राहत एवम् प्राविधिक सहयोगको अतिरिक्त विनाशकारी भूकम्पबाट मृत्यु भई निसाहय एवम् टुहुरो हुन पुगेका बहालवाला तथा अवकाश प्राप्त सैनिकका छोरा/छोरीहरु २ जनासम्मलाई सैनिक महाविद्यालयहरुमा वीरगति सरह १०+२ सम्मको निःशुल्क शिक्षा दिने व्यवस्था गरिएको ।  


भूतपूर्व सैनिकहरुको सहभागितामा अभिवृद्धि 
४.       भूतपूर्व सैनिकहरुलाई सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित कल्याणकारी गतिविधिहरुमा सहभागिता अभिवृद्धिको लागि निम्न अनुसार कार्यक्रमहरुलाई निरन्तरता दिईने योजना रहेको ।


(क)     सहुलियत ब्याजदरमा लघुवित्त कर्जा (Micro Finance) सञ्चालनः नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा नेपाल इन्भेष्टमेण्ट बैंक लि.संगको संयुक्त सहकार्यमा अवकाश प्राप्त सैनिकहरुलाई रोजगारी मूलक व्यवसाय सञ्चालन गरी आय आर्जनमा अभिवृद्धि गर्ने उद्देश्यले सहुलियतपूर्ण व्याजदर (बार्षिक ४.५ प्रतिशत) मा लघुवित्त कर्जा कार्यक्रम सञ्चालन भएको । उक्त कार्यक्रमलाई निरन्तरता दिंदै अवकाश प्राप्त सैनिकहरुको अतिरिक्त बहालवाला सैनिकका परिवारहरुलाई समेत लघुवित्त कार्यक्रममा सहभागि गराईएको छ ।  

(ख)     रोजगारमूलक व्यावसायिक तालिम सञ्चालनः अवकाशको क्रममा रहेका सकल दर्जाहरुलाई शिपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा CTEVT बाट सम्वन्धन प्राप्त भएनुसार काठमाडौं स्थित नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट (VTI) मा तालिम प्रदान गरिदै आएको छ । यस्तै बहालवाला तथा अवकाश प्राप्त सैनिकका श्रीमतीहरुको हितको लागि सैनिक श्रीमती संघको पहलमा स्थापना भएको नेपाली सेना व्यावसायीक तालिम केन्द्र (VTC) मा विभिन्न प्रकारका रोजगारमूलक व्यावसायिक तालिमहरु सञ्चालन गरिदै आएको छ । उक्त दुवै निकायहरुमा तालिम सञ्चालन एवम् व्यवस्थापनको लागि रु.१ करोड ७९ हजार विनियोजन स्वीकृत भएको । 

(ग)     Veteran's Home को सञ्चालनः नेपाली सेनाबाट अवकाश प्राप्त सैनिकहरु मध्ये हेरचाह गर्ने व्यक्ति कोही नभई असहाय भएकाहरुलाई Veteran's Home को सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप सैनिक कल्याणकारी कोषको स्वामित्व रहने गरी गैर नाफामुलक परोपकारी संस्था जे.पी. प्रतिष्ठान (मैत्री सेवा आश्रम) सँग द्धिपक्षीय सम्झौ गरी अधिकृत कुटी २ वटा, पदिक कुटी ३ वटा र अन्यदर्जा कुटी ५ वटा गरी जम्मा १० वटा आवास कुटी निर्माण गरी आवश्यकता अनुसार प्रयोग गर्ने योजना अनुरुप लप्सिफेदीमा निर्माण कार्य अन्तिम चरणमा रहेको हुंदा निर्माण सम्पन्न भए पश्चात् उक्त कुटीहरुमा बस्न ईच्छुक असहाय अवकाश प्राप्त सैनिक सकलदर्जाहरुलाई उक्त सुविधा प्रदान गर्ने योजना रहेको छ ।
 

कल्याणकारी कार्यहरुको विकेन्द्रिकरण

५.       २०७० सालबाट सञ्चालन भएको भू.पू.सैनिक सम्मेलनबाट प्राप्त राय सुझावहरुलाई समेत मनन् गरी हाल सञ्चालनमा रहेका कल्याणकारी कार्यहरुलाई हिताधिकारीहरुको घरदैलोसम्म पुर्‌याउने उद्देश्यले क्रमिकः रुपमा निम्नानुसार विकेन्द्रिकरण गर्ने व्यवस्था मिलाइएको ।

(क) कोषद्वारा सञ्चालित कल्याणकारी कार्यहरु काठमाडौं केन्द्रित भएको र यसलाई क्रमशः विकेन्द्रिकरण गर्दै लैजानु पर्ने भनी दिएको सुझाव अनुरुप क्षेत्रिय स्तरका इपिसेन्टर कार्यलयहरु मार्फत व्यावसायीक तालिम लगायतका विविध कल्याणकारी कार्यहरु सञ्चालन गर्ने एवम् उपचार पुस्तिका र कल्याणकारी पारिवारीक निवित्तृभरण पटृा समेत स्थान विशेषमा रहेका कार्यालयहरुबाट वितरण गर्ने व्यवस्था मिलाइने । 

(ख)     नेपाल सरकारले प्रदान गर्ने निवृत्तिभरण सम्बन्धितको बैंक खाता मार्फत भुक्तानि दिने व्यवस्था लागू गरिसकेकोले कोषद्वारा प्रदान गरिने कल्याणकारी निवृत्तिभरण समेत सोही बमोजिम सम्बन्धितको बैंक खातामा नै जम्मा हुने व्यवस्था गर्न अधिकांश भूतपूर्व सैनिकहरुबाट माग भई आएको हुंदा निवृत्तिभरण व्यवस्था कार्यालयसंग समन्वय गरी आवश्यक कम्प्यूटर सफ्टवयर निर्माण गर्ने कार्य सम्पन्न भइसकेको छ । यस्तो निवृत्तिभरण प्रदान गर्न सम्झौता गरेका नेपाल बैंक लि. र राष्ट्रिय बाणिज्य बैंक एवम् निवृत्तिभरण व्यवस्था कार्यालयसंग आवश्यक समन्वय गरी यसै वर्षदेखि कोषद्वारा प्रदान गरिने निवृत्तिभरण समेत सम्बन्धितको बैंक खातामा नै जम्मा हुने व्यवस्था मिलाइने । 

(ग)     जंगी कारबाहीमा वीरगति प्राप्त गर्ने सैनिकका सन्ततीहरुलाई बार्षिक रु.८ हजार ४०० का दरले प्रदान गर्दै आएको प्रधान सेनापति छात्रवृत्ति रकममा बृद्धि गरी यस आ.ब.बाट रु.१० हजार प्रदान गरिने र उक्त रकम लिन काठमाडौंमा नै आउनु पर्ने व्यवस्थालाई पुनरावलोकन गरी निजहरुको सेवा र सुविधाको लागि पाएक पर्ने नेपाली सेनाको युनिटहरु मार्फत निवेदन लिई सोही स्थानबाट प्रधान सेनापति छात्रवृत्ति रकम भुक्तानी दिने व्यवस्था मिलाइने । 

(घ)      कोषद्वारा सञ्चालित निःशुल्क औषधोपचार सुविधालाई क्रमशः विकेन्द्रिकरण गर्दै लैजाने उद्देश्य अनुरुप यस वर्ष सुदूर पश्चिामाञ्चलको डडेल्धुरामा पोलिक्लिनिक सञ्चालनमा ल्याइने । आ.व.०७२/७३ मा मध्य पश्चिमाञ्चल क्षेत्रको दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुम जिल्लाहरुलाई पायक पर्ने गरी दाङको घोराहीमा पोलिक्लिनिक निर्माण गर्ने योजना रहेको छ भने आगामी दिनहरुमा अन्य क्षेत्रमा समेत आवश्यकता अनुसार पोलिक्लिनिक विस्तार गरिने । 

(ङ)      काठमाडौं उपत्यका बाहिर रहेका पृतना एवम् बाहिनी तहका फिल्ड अस्पताल मार्फत स्थानीय स्तरमा स्वास्थ्य सेवा उपलब्ध गराउन विगत वर्षहरुमा सैनिक स्वास्थ्य महानिर्देशनालय मार्फत रु.२ करोड विनियोजन गर्ने गरिएको । लामो अवधिसम्म औषधी सेवन गर्नुपर्ने प्रकृतिका रोगहरुमा हाललाई एक पटकमा ३ महिनासम्मको औषधी उपलब्ध गराउने व्यवस्था रहेकोमा उपत्यका बाहिर रहेका हिताधिकारीहरुलाई अनुकूल हुने गरी उक्त व्यवस्थामा पुनरावलोकन गर्न कार्यदल गठन गरी अध्ययन कार्य अगाडि बढाइने । 

(च)     बहालवाला तथा अवकाश प्राप्त सैनिकहरुको निधन भएमा नजिकको हकवालालाई क्रियाकर्म अनुदान रकम रु.१० हजार बितरण गरिदै आएकोमा उक्त रकममा बृद्धि गरी यस आ.ब.बाट रु.२५ हजार प्रदान गरिने व्यवस्था मिलाईएको । 

(छ)     सैनिक आवासीय विद्यालय र महाविद्यालयहरुमा भर्ना हुन नपाई अन्यत्र विद्यालयहरुमा पढाउने हिताधिकारीका छोराछोरीहरुलाई छात्रवृत्ति सहुलियत बार्षिक रु.६ हजार मात्र प्रदान गरिंदै आएकोमा सो रकमलाई बृद्धि गरी रु.१० हजार प्रदान गरिने व्यवस्था मिलाईएको । 

(ज)     आवास बिमा अनुदान तर्फ हाल भूतपूर्व सैनिक एवम् तिनका आश्रित परिवारहरुको लागि साधारण कल्याणकारी निवृत्तिभरण अन्तर्गत मासिक रु.४०० दिंदै आएको र बहालवाला सैनिकहरुको हकमा भने कल्याणकारी कोषबाट प्रतिव्यक्ति मासिक रु.२०० मात्र अनुदान दिने गरिएको हुंदा बहालवाला सैनिकहरुलाई आवास कोषबाट यस बर्ष रु.१०० थप गरी रु.३०० पुर्‌याईएको र अर्को बर्ष श्रावणदेखि रु.१०० थप गरी मासिक रु.४०० नै उपलब्ध गराउने । 

(झ)     सैनिक कल्याणकारी निवृत्तिभरण उपभोग गरी स्वास्थ्य विमक बनेका भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारहरुबाट स्वास्थ्य बिमा शुल्क बापत प्रत्येक बर्ष फाल्गुण्ँ महिनामा कट्टा गर्दै आएको रु.४०० अबदेखि कट्टा नगरी उक्त रकम सैनिक कल्याणकारी कोषले नै बेहोर्ने ।  

(ञ)     कोषबाट सञ्चालित विद्यालय र महाविद्यालयहरुमा अध्ययन गर्ने अवसर नपाएका बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार छोरारछोरीहरुलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्नको लागि कोषले उपलब्ध गराउ¤दै छात्रवृत्ति प्राप्तिको लागि अघिल्लो वर्ष अध्ययन गरेको कक्षाबाट कम्तिमा ५० प्रतिशत ल्याई उत्तिर्ण हुनुपर्ने नीतिगत व्यवस्था रहेको । उक्त नीतिगत व्यवस्थालाई पुनरावलोकन गरी सरकारी एवम् सामुदायिक विद्यालयमा अध्ययनरत सन्ततीको हकमा न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरी उत्तिर्ण गरेको हुनुपर्ने र निजी विद्यालयहरुमा अध्ययन गर्ने सन्ततीहरुको हकमा साविक सरह नै ५० प्रतिशत अङ्क ल्याई उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था कायम   गरिएको ।


त्रि-चन्द्र मिलिटरी हस्पिटल (भेट्रान्स तथा सिभिल) सञ्चालन

६.       सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठक नं.५७ को निर्णय बमोजिम बहालवाला तथा भू.पू.सैनिकहरु र तिनमा आश्रित परिवारहरुलाई सैनिक कल्याणकारी कोषबाट उपलव्ध गराउंदै आएको निःशुल्क औषधोपचार सुबिधालाई थप प्रभावकारी एवम् व्यवस्थित गर्ने र सर्वसाधारण नागरिकहरुलाई समेत सःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले महांकालस्थानमा निर्माणाधिन ४५९ वेडको त्रि-चन्द्र मिलिटरी हस्पिटल (भेट्रान्स तथा सिभिल) को निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याउने योजना रहेको ।

 

औषधोपचार सुविधालाई थप प्रभावकारी बनाइने

७.       श्री वीरेन्द्र अस्पतालको विद्यमान सुविधा स्तरोन्नति गर्न Re-Engineering Plan समेत तयार गर्ने गरी नियुक्ति भएका परामर्श दाताले दिएको प्रतिवेदनको आधारमा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको


श्री वीरेन्द्र अस्पतालको भौतिक पूर्वाधारको स्तर अभिवृद्धि तथा मर्मत संभार गरिने । 

८.       श्री वीरेन्द्र अस्पतालको हाल उपलब्ध सेवा, सुविधा र वातावरणमा क्रमशः सुधार गर्दै सुविधा सम्पन्न अन्य अस्पताल सरह पुर्‌याउने उद्देश्यले उक्त अस्पतालका House Keeping, Kitchen, Laundry, Maintinance विभागमा कार्यरत करिब १०० जना स्टाफलाई अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त कम्पनीबाट Mechanised House Keeping   तालिम प्रदान गर्ने । 
९.       विगतमा टेण्डर प्रक्रियाद्वारा खरिद गरिने औषधिहरु प्रयाप्त मात्रमा स्टोर मौज्दात नभई विरामीहरुलाई Prescribe गरिएको औषधिहरु वितरण गर्न आकस्मिक खरिद (Emergency Purchase) नै गर्नुपर्ने बाध्यामक व्यवस्थाले स्थानीय खरिद बढ्न गई कोषलाई थप आर्थिक व्ययभार पर्न गएको । आकस्मिक खरिदतर्फ बोलपत्रबाट खरिद गरिने कूल औषधिको १० प्रतिशत ननाघ्ने नीतिगत व्यवस्था कायम भइसकेकोले आकस्मिक खरिद (Emergency Purchase) नियन्त्रण हुन गई कोषको व्ययभार उल्लेख्य रुपमा घट्न गएको । समयमा औषधी आपूर्ति नगर्ने ठेकेदारलाई नियमानुसार लाग्ने हर्जनाको अतिरिक्त वैकल्पिक व्यवस्थाबाट औषधी खरिद गर्दा पर्न गएको थप व्ययभार समेत सम्बन्धित ठेकेदारबाट अनिवार्य असुल गर्ने व्यवस्था ठेक्का सम्झौता शर्तमा नै उल्लेख गरी असुल गर्ने व्यवस्था गरिएको ।  


विद्यालय/महाविद्यालयहरुको शिक्षाको गुणस्तरमा अभिवृद्धि


१०.     सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विद्यालय र महाविद्यालयहरुको समसामयिक शिक्षण शुल्क, उत्कृष्ट शैक्षिक नतिजा, पूर्वाधार एवम् अनुशासित वातारवरणको कारणले गैरसैनिक क्षेत्रको समेत आकर्षणको क्षेत्र बन्दै गइरहेको तथा विभिन्न सञ्चारका माध्यमहरुले गरेको मुल्याङकन प्रकाशनमा समेत उत्कृष्ट बन्दै गइरहेका छन् । जसको कारण विद्यालय /महाविद्यालयहरुको उक्त ख्यातिलाई कायम राख्दै शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न निम्नानुसार गरिने भएको :

(क) कार्यदल गठनः कोषद्वारा सञ्चालित विद्यालय र महाविद्यालयहरुको हालको अवस्था र अल्पकालीन एवम् दीर्घकालीन रुपमा गर्नुपर्ने सुधारहरुको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको र उक्त कार्यदलबाट प्रतिवेदन प्राप्त भएपश्चात सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको स्वीकृतिमा कार्यान्वयनमा ल्याइने ।   
(ख)     प्रविधिमा आधरित शिक्षण विधिः कोष अन्तर्गत सञ्चालित सबै विद्यालय/महाविद्यालयहरुमा उच्च शिक्षा परिषद्ले संस्थागत विद्यालयहरुलाई तोकेको न्यूनतम मापदण्ड बमोजिमका भौतिक पूर्वाधारहरु, सुविधाहरु स्तरिय पुस्तकालयको साथसाथै विज्ञान, कम्प्युटर, भाषा आदिको लागि प्रयोगशाला स्थापना भएका छन् । साथै आधुनिक प्रविधिबाट विद्यालयहरुमा पठनपाठन गराउने योजना अनुसार गतवर्ष तीनवटा महाविद्यलायहरुमा Interactive Board को सुविधा उपलव्ध गराइएको थियो भने यस वर्ष थप तीनवटा महाविद्यालयहरुमा यस्तो सुविधा उपलब्ध गराउने योजना रहेको । यस प्रविधिबाट प्रभावकारी रुपमा पठनपाठन होस् भन्ने हेतुले सबै महाविद्यालयहरुका सम्बन्धित शिक्षकहरुलाई तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइएको ।  
(ग)     स्तर अभिवृद्धिः सैनिक महाविद्यालयहरुको शैक्षिक स्तरमा बृद्धि गरी अन्य सुविधा सम्पन्न महाविद्यालयहरु सरह पुर्‌याउने उद्देश्य अनुसार सैनिक आवासीय महाविद्यालय भक्तपुरमा स्नातक तहको विज्ञान र व्यवस्थापन विषयको अध्ययन सुरु भइसकेको । त्यस्तै गतवर्ष सैनिक आवासीय महाविद्यालय धरानमा विज्ञान संकाय अन्तर्गत १०+२ कक्षा सञ्चालनमा ल्याइएको थियो भने यस वर्ष सैनिक आवासीय महाविद्यालय पोखरामा विज्ञान संकाय अन्तर्गत १०+२  कक्षा सञ्चालनमा  ल्याइएको  । 
(घ)      समन्वयात्मक बैठकः कोष अन्तर्गत सञ्चालित विद्यालय र महाविद्यालयहरुमा भएका गतिविधिहरु, पाठ्यक्रम तथा शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन एक आपसमा समन्वय गरी एकिकृत शैक्षिक क्यालेण्डर विकास गर्ने एवम् सम्पर्क अधिकृत तथा प्रिन्सिलहरुबीच समन्वय गरी आपसमा रहेका समस्याहरु समेत समाधान गर्ने उद्देश्यले प्रत्येक वर्ष समन्वयात्मक बैठक आयोजना गर्ने नीति बमोजिम गत वर्ष सै.आ.मा.वि.पोखरामा समन्वयात्मक बैठक आयोजना गरिएको । यसरी आयोजना हुने समन्वयात्मक बैठकको निष्कर्षले शैक्षिक सुधार योजना कार्यान्वयन गर्न महत्वपूर्ण सुझाव प्राप्त हुने भएकोले यसलाई निरन्तरता दिंदै यस बर्ष सै.आ.म.वि., धरानमा समन्वयात्मक बैठक आयोजना गर्ने योजना रहेको ।


हाल सञ्चालित कल्याणकारी कार्यहरुलाई निरन्तरता दिई आत्मनिर्भर एवम् लगानी विस्तार गर्ने


११.      कल्याणकारी कोषबाट सञ्चालन हुंदै आएका विभिन्न कल्याणकारी कार्यहरुको क्षेत्र विस्तार हुंदै हिताधिकारीहरुको संख्या समेत दिनानुदिन बढ्दै गएकोले कल्याणकारी कार्यहरुलाई दिगो रुपमा स्थायित्व प्रदान गरी व्यवस्थित रुपले कोष सञ्चालनको लागि आय आर्जनका स्रोतको व्यवस्था गर्नु अत्यावश्यक रहेको । कोषको आय आर्जनको भरपर्दो स्रोत व्यवस्थापन गर्न र कोषद्वारा सञ्चालित कल्याणकारी कार्यहरुलाई दिर्घकालसम्म स्थायित्व दिन निम्नानुसार स्वीकृत भएको ।

(क)     हाल नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा अध्ययनरत गैरसैनिक विद्यार्थीहरुको कोटामा अध्ययन गर्ने तर्फ पूर्ण शुल्क रु.३३ लाख २७ हजार र सैनिकका सन्तति तर्फ रु.३० लाखका दरले शिक्षण शुल्क लिने गरिएकोमा त्रि.वि.चिकित्साशास्त्र अध्ययन संस्थानले शैक्षिक वर्ष २०७१ बाट MBBS तर्फको शिक्षण शुल्क रु.३६ लाख ६० हजारका दरले लिन पाउने गरी स्वीकृत प्रदान गरेको । यसर्थ, चिकित्साशास्त्र अध्ययन संस्थानले स्वीकृत गरेको दरमा नबढाई शैक्षिक सत्र २०७२ बाट प्रति विद्यार्थी रु.३५ लाख शुल्क लिन स्वीकृत गरिएको । साथै, नेपाली सेनाका सन्तती तर्फ प्रदान गरिदै आएको प्रस्तावित शिक्षण शुल्क सहुलियत रु.३ लाख प्रदान गर्ने नीतिगत व्यवस्था यथावत कायम गरिएको । 

(ख)     यसै वर्ष देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत College of Medical Polytechnic सञ्चालनमा ल्याइनेछ । उक्त ऋयििभनभ को लागि आवश्यक भवन निर्माण भइसेकोले संस्थानमा उपलब्ध अन्य आवश्यक सुविधा एवम् जनशक्तिको उपयोग गरी सञ्चालनमा ल्याउने योजना मिलाइएको हु¤दा सञ्चालनको पहिलो वर्षमा नै करिब रु.३ करोड आय हुन जाने । 

(ग)      Civil Explosive Plant सैनिक कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त स्वामित्वमा १:२ को अनुपातमा लगानी गरी नयां Civil Explosive Plantसञ्चालन पश्चात व्यावसायिक उत्पादन गर्ने योजना अनुसार सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठक नं.६० को निर्णय बमोजिम उक्त प्लाण्ट स्थापनाको लागि आवश्यक रु.३० करोड मध्ये सैनिक कल्याणकारी कोषका तर्फबाट हाललाई रु.२७ करोड लगानी गर्ने र पछि नेपाल सरकारबाट निकाशा भई आएमा सोही अनुसार गर्ने निर्णय भएको । उक्त प्लाण्टको लागि आवश्यक मेशिनरी सामानहरु आयात गर्न मिति २०७२/०३/२७ गते मात्र रक्षा मन्त्रालयबाट प्रतितपत्र खोल्ने स्वीकृति प्राप्त भएको हुंदा आर्थिक वर्ष २०७२/७३ मा प्लाण्ट स्थापना गरी व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्य रहेको । उक्त प्लाण्ट सञ्चालन पश्चात बिष्फोटक पदार्थमा देश आत्मनिर्भर हुन सहयोग पुग्नुको अतिरिक्त सैनिक कल्याणकारी कोषको आय आर्जनमा समेत अभिबृद्धि हुनुको साथै विदेशबाट विष्फोटक पदार्थ आयात गर्न लाग्ने विदेशी मुद्राको समेत सञ्चित हुन गई राष्ट्रलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने । 

(घ)      विद्यमान सैनिक ऐन, २०६३ एवम् सैनिक कल्याणकारी कोष नियमावली, २०६५ को परिधिभित्र रही न्यून जोखिम र अधिक प्रतिफल रहेका क्षेत्रमा कोषको लगानी विस्तार गर्न संभाव्य क्षेत्रहरुको बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न विशेषज्ञ सहितको कार्यदल गठन गरिनेछ । उक्त कार्यदलको प्रतिवेदनका आधारमा सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको स्वीकृतिमा लगानीका अन्य क्षेत्रहरु समेत विस्तार गरिने । 

(ङ)     शुद्ध पिउने पानी प्लाण्टः आ.ब. ०७०/७१ मा स्विकृत भई शुरु गरिएको सून्दरीजलमा शुद्ध पिउने पानी प्लाण्ट संचालनको लागि ड्रिलिङ्ग कार्य सम्पन्न गरी पानी परिक्षण गर्ने एवं मेशिनरी औजार खरिदका लागि ठेक्का व्यवस्था समेत अन्तिम चरणमा पुगेको ।

(च)     Fuel Station  बुटवलको रामनगरमा फ्यूल स्टेशन संचालन गर्न क्षेत्रिय स्तरबाट स्विकृती प्राप्त भई सकेकोले नेपाल आयल निगमको नियमानुसार ईजाजत प्राप्त गरी यसै आ.ब. भित्र पूर्वाधार निर्माण सम्पन्न गरी फ्यूल स्टेशन संचालन गर्ने योजना    रहेको । 

 

साविकमा सञ्चालित कल्याणकारी कार्यहरुको निरन्तरता


१२.      कोषका हिताधिकारीको कल्याणको लागि विगतदेखि सञ्चालन हुंदै आएका कल्याणकारी कार्यहरुलाई यथावत सञ्चालन गर्ने योजना रहेको  ।

 

 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links