1. निरिक्षण भ्रमण
    पोखरा बिजयपुरस्थित पश्चिम पृतनाका पृतनापति तथा सैनिक आवासीय महाविद्यालय सञ्चालक समितिका अध्यक्ष्ँ समेत रहनु भएका उपरथी श्री देवेन्द्र बहादुर मेधासीले भाद्र २७ गते सैनिक आवासीय महाविद्यालय, पोखराकोे निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणको क्रममा पृतनापति उपरथी श्री मेधासीलाई सैनिक सम्पर्क अधिकृत सेनानी सुदिप अर्याल तथा प्रिन्सिपल लगायत महाविद्यालय शिक्ष्ँक÷विद्यार्थी प्रतिनिधिहरुले स्वागत गर्नु भएको थियो । यसैगरी प्रिन्सिपल राजेन्द्र कुमार लाखेले महाविद्यालयको शैक्षिक गुणस्तरको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने सैनिक सम्पर्क अधिकृतबाट महाविद्यालयको बस्तुस्थिति सम्बन्धमा अवगत गराउनु भएको थियो । सोहि क्रममा पृतनापति उपरथी श्री मेधासीले सैनिक आवासीय महाविद्यालयलाई थप प्रभावकारी र गुणस्तरिय बनाउनको लागि आवश्यक निर्देशन दिनु भई कक्ष्ाँ कोठा, छात्रवास, पुस्तकालय, डाईनिङ्गहल लगायत महाविद्यालय परिसरको निरीक्षण समेत गर्नु भएको थियो ।

  2. वृक्षारोपण कार्यक्रम सम्पन्न
    पोखरा लेखनाथ महानगरपालिका र जिल्ला वन कार्यालयको आयोजना तथा पश्चिम पृतनाको बिशेष सक्रियतामा पृतनापति उपरथी श्री देवेन्द्र बहादुर मेधासीको प्रमुख आतिथ्यतामा पोखरा लेखनाथ महानगरपालिका ५ फिर्के खोला देखी विन्ध्यवासिनी मन्दिर ईलाकासम्म बिभिन्न ८०० प्रजातिको विरुवाहरु लगाई तेस्रो चरणको वृक्षारोपण कार्यक्रम २०७४ भदौ २५ गते सम्पन्न भएको छ । त्यसैगरी, सो वृक्षारोपण कार्यक्रममा पश्चिम पृतना तथा अन्तरगतका युनिटहरुबाट अधिकृत, पदिक तथा अन्य दर्जा गरी ७४ जनाको सहभागिता रहेको थियो । भने उक्त वृक्षारोपण कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका पदाधिकारीहरु, जिल्ला वन कार्यालयका पदाधिकारीहरु, स्थानिय संघ संस्था तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  3. पृतना कमाण्डर्स कन्फरेन्स–२०७३ सम्पन्न
    पोखरा बिजयपुरस्थित पश्चिम पृतना हेड्क्वाटरमा यहि फागुन ३ गते पृतनापति उपरथी श्री जगदीशचन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा कमाण्डर्स कन्फरेन्स–२०७३ सम्पन्न भएको छ । पृतनापति उपरथी श्री पोखरेलले शुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा पतना सह चिफ अफ स्टाफ महासेनानी श्री कृष्ण जि.सीले कार्यक्रमको रुपरेखा दिनुभई समग्र परिस्थितिको मुल्याङ्कन तथा बिश्लेषणकोे प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त कन्फरेन्समा पृतनापतिकोे प्रारम्भिक कमाण्ड मार्गनिर्देशन सम्बन्धि प्रगति तथा पृतनाको भावी योजनाको बारेमा छलफल भएको थियो ।उक्त कन्फरेन्समा पृतनापति लगायत अन्र्तगतका सम्पुर्ण बाहिनीपतिहरु, गणपतिहरु, गुल्मपतिहरु तथा अन्य अधिकृतवर्गहरुको समेत उपस्थिति रहेको थियो ।

  4. वार्षिकोत्सव सम्पन्न
    सैनिक आवासिय महाबिद्यालय पोखरा फुलबारीले पश्चिम पृतनापति उपरथी श्री जगदीश चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा पुष १४ गते आफ्नो स्थापनाको १२ औं बार्षिक उत्सब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । सोही अवसरमा विद्यालयका निमित्त प्रार्चाय डोलराज श्रेष्ठले उपस्थित सबैमा स्वागत गर्नुभएको थियो भने, महाबिद्यालय संचालन समितीका अध्यक्ष पृतनापति उपरथी श्री पोखरेलले दिप प्रज्बलन गरि कार्यक्रमको शुभारम्भ गनुभएको थियो । बार्षिकोत्सवकै अवसरमा विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले सा“स्कृतिक कार्यक्रम, नाटक प्रस्तुत गर्नुका साथै शैक्षिक बर्ष २०७२ मा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी एवं शिक्षक, कर्मचारीहरुलाई पुरस्कृत गर्नुहुदै प्रमुख अतिथी उपरथी श्री पोखरेलले हालसम्म प्राप्त उपलब्धिहरुको प्रशंसा गर्नुहुदै विद्यालयले प्रत्येक बर्ष प्रकाशन गर्दै आईरहेको वार्षिक मुखपत्र “फुलबारी” को बाह्रौं अंकको समेत विमोचन गर्नुभएको थियो । उक्त कार्यक्रममा सहायक जिल्ला शिक्ष्ाँ अधिकारी, क्याम्पसका अन्य प्राध्यापकहरु लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, अधिकृत वर्ग तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।


  5. निरिक्षण भ्रमण
    पश्चिम पृतनापति उपरथी श्री जगदीश चन्द्र पोखरेलले यहि कार्तिक २० गते देखि २२ गते सम्म पश्चिम पृतना अन्तरगत बिभिन्न युनिट तथा सव युनिटहरुको निरिक्षण भ्रमण गर्नुभएको छ ।


  6. तालिम प्रथम प्रवचनपोखरा विजयपुर स्थित श्री पश्चिम पृतना हे.क्वा.मा संञ्चालन भएको सि.सं. ३ सैनिक कर्मचारी रिफ्रेसर तालिमको यहि कार्तिक २२ गते पृतनापति उपरथी श्री जगदीश चन्द्र पोखरेलले एक कार्यक्रमका बिच प्रथम प्रवचन गर्नु भएको छ ।

  7. अभ्यास "SURYA KIRAN -X" शुभारम्भ
    नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा यहि कार्तिक १५ गतेबाट संञ्चालन भएको नेपाली सेना र भारतिय सेनाको संयुक्त अभ्यास व्इक्ष्ल्त् "JOINT GROUP EXERCISE "SURYA KIRAN -X" को पश्चिम पृतनापति उपरथी श्री जगदीशचन्द्र पोखरेलले एक कार्यक्रमका बिचमा शुभारम्भ गर्नुभएको छ