1. सि.सं. २३ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीबाट भ्रमण
    मकवानपुर स्थित मध्य पृतना हे. क्वामा आन्तरिक भ्रमण को लागि स्टाफ कलेजका कमाण्डाण्ट उपरथी श्री देवेन्द्र बहादुर मेधासीको कमाण्डमा आएका सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालित सि.सं. २३ कमाण्ड तथा स्टाफ तालिमका शिक्षक तथा शिक्षार्थी अधिकृतको टोलीलाई मिति २०७३÷०७२६ गते मध्य पृतना हे.क्वामा हार्दिक स्वागत गर्दै महा सेनानी श्री दिपेश जंग शाहले पृतनाको जिम्मेवारी क्षेत्र भित्रको बस्तुस्थितिबारे जानकारी गराउनुभयो । सो अवसरमा मध्य पृतनाका अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।