1. भलिबल प्रतियोगितामा दुर्गादल गुल्म विजयी
    दार्चुला जिल्ला अपि नगरपािलका ११ खलंगाको खुल्लामञ्चमा यहि पौष २३ गतेबाट संचालन भएको भलिबल खेल प्रतियोगितामा दुर्गादल गुल्मको टिम प्रथम भएको छ । उक्त प्रतियोगितामा प्रथम भएको दुर्गादल गुल्मको सहभागी टिमलाई नगद रु. ५१,०००। (एकाउन्न हजार), प्रमाणपत्र, मेडल र उत्कृष्ट खेलाडी २ जनालाई ट्रफि प्रदान गरिएको थियो । सो प्रतियोगितामा नेपाल प्रहरी लगायत विभिन्न गा.वि.स.को भलिबल टिम बीच प्रतिस्पर्धा भएको थियो ।
  2. अभ्यास “गढी रक्षा” समापन
    श्री सुदूर पश्चिम पृतना हे.क्वा.मा यही पौष १० गतेबाट ऐ. १४ गते सम्म संचालन भएको पहिलो चरण command post exercise - CPX “गढी रक्षा” अभ्यासको यस पृतना हे.क्वा.का पृतनापति उपरथी श्री दिपक प्रसाद भारतीले एक कार्यक्रमका बिच यही पौष १५ गते समापन गर्नुभएको छ । वास्तविकतामा आधारित गुणात्मक तालिममा जोड दिई भएको सो अभ्यासमा सहभागी कमाण्डर तथा स्टाफ अधिकृतहरुको पेशागत ज्ञान माझ्ने, पुनर्ताजगी गर्ने र व्यवहारिक दक्षता अभिवृद्घि गर्ने तर्फ लक्षित रहेको थियो । उक्त अभ्यासको बिभागिय अधिकृतहरुबाट डिब्रिफिङ्ग गरि सो पश्चात यस पृतना हे.क्वा.का पृतनापति उपरथी श्री भारतीले उक्त अभ्यासको समापन गर्नु भएको थियो । साथै यहि पौष १० गतेबाट ऐ. १४ गते सम्म संचालन भएको पहिलो चरण CPX “गढी रक्षा” अभ्यासको यस पृतना अन्तर्गतका बाहिनीहरुमा पनि संचालन भई सम्बन्धीत बाहिनीपतिहरुले नै यहि पौष १५ गते समापन गर्नु भएको थियो ।