1. "पृतनापति ट्रफि २०७४” सम्पन्न
    इटहरी स्थित पूर्वी पृतना हेड क्वाटरमा संचालन भएको “पृतनापति ट्रफि २०७४” जेठ ५ गते सम्पन्न भएको छ । सो प्रतियोगिताको पृतनापति उपरथी श्री प्रल्हाद थापाले एक कार्यक्रमकाबीच समापन गुर्न भएको हो । समापनको अवसरमा उहांले प्रतियोगितामा सञ्चालित १० विधा मध्ये ९ विधामा उत्कृष्ट भएको नं. १८ बाहिनीलाई च्यम्पियन ट्रफि प्रदान गर्नुभएको थियो भने विभिन्न खेल तथा ईभेन्टहरुमा प्रथम हुन सफल बाहिनी, गण तथा गुल्महरुलाई शिल्ड प्रदान गर्नुका साथै विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण-पत्र र खेल सम्पन्न गर्न सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसा पत्र समेत वितरण गर्नुभएको थियो । बैशाख २४ गतेबाट ७५० जना खेलाडीहरु सहभागि भई सञ्चालित उक्त खेलकुद प्रतियोगितामा नं.१८ बाहिनी अड्डा प्रथम, नं. २१ बाहिनी अड्डा द्वितीय र नं. २ बाहिनी अड्डाले तृतीय स्थान हांसिल गरि नं.१८ बाहिनी अड्डा च्याम्पियन बाहिनी बन्न सफल भएको छ ।
  2. "पृतनापति ट्रफि २०७४” शुभारम्भ
    सुनसरी जिल्ला इटहरी स्थित पूर्वी पृतना हेडक्वाटरमा “पृतनापति ट्रफि २०७४” बैशाख २४ गते शुभारम्भ भएको छ । जेठ ५ गते सम्म संचालन हुने उक्त ट्रफिमा नं. २, १८ र २१ बाहिनीबाट ८८९ जना खेलाडीहरुले भाग लिएका छन् । यस ट्रफिमा जम्मा १० खेलहरु समाबेश गरिएको छ । समाबेश भएका खेलहरु मध्ये पूर्वी पृतना हे.क्वामा गुल्म स्तरीय भलिवल, बक्सि¨, तेक्वान्दो, स्विमि¨, नं. २ बाहिनी अड्डामा साईक्लि¨ र बटुकदल गणमा एथलेक्टिस, नं. १८ बाहिनी अड्डामा बास्केटबल, भवानीदल गणमा कबड्डी र कृष्णदल गणमा गण स्तरीय भलिबल, त्यसैगरि नं. २१ बाहिनी अड्डा अन्र्तगत कालीबहादुर गणमा फुटबल र कालिध्वज गणमा ह्याण्डबल खेल संचालन भईरहेको छ ।
  3. सोलार जडान
    मोरङ जिल्ला स्थित सुर्यदल गण सुरक्षा बेश लेटाङमा रहेको सर्पदंश उपचार केन्द्रमा औषधि भण्डारणको लागी फ्रिज संचालन गर्न बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मोरङ र गणको आर्थिक सहयोगमा १.५ किलो वाट क्षमताको सोलार जडानको बैशाख १७ गते पूर्वी पृतनाका पृतनापति उपरथी श्री प्रल्हाद थापाले एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको छ ।
  4. भलिबल प्रतियोगिता सम्पन्न
    ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटरले हाता भित्रका युनिट तथा सपोर्टिङ युनिटहरुलाई सहभागि गराई आयोजना गरेको भलिबल खेल प्रतियोगिता बैशाख १९ गते सम्पन्न भएको छ । बैशाख ११ गते बाट संचालन भएको उक्त खेलमा पृतना हे.क्वा. लगायत हाताभित्र तैनाथ युनिट तथा सर्पोटिङ युनिटहरु गरि जम्मा ६ वटा टिम सहभागि भई सम्पन्न भएको खेलमा प्रथम हुने बटुकदल गणलाई एक समारोहविच पृतनापति उपरथी श्री प्रल्हाद थापाले पुरस्कार वितरण गर्नु भएको छ । यस अघि पृतनापति उपरथी श्री थापाको नेतृत्वमा विभिन्न खेलहरुको स्तरोन्नती गर्ने उद्देश्यले बास्केटबल, फुटबल लगायत विविध खेलकुद प्रतियोगिता सञ्चालन गर्नुको साथै पेशागत दक्षतालाई अभिवृद्धि गर्न सकलदर्जाहरुलाई मास पि.टि., तेक्वान्दो पि.टि., खुकुरी ड्रिल, सेरमोनियम ड्रिल, एरोविक पि.टि जस्ता अतिरिक्त ईभेन्ट प्रतियोगिताको समेत हाताभित्र रहेको युनिटहरुको सहभागितामा संचालन हुदै आईरहेको छ ।
  5. भलिबल प्रतियोगिता
    ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटरले हाता भित्रका युनिट तथा सपोर्टि¨ युनिटहरुलाई सहभागि गराई आयोजना गरेको भलिवल खेल प्रतियोगिताको पृतनाका प्रमुख सेनानी पुर्ण बहादुर गुरु¨ले बैशाख ११ गते शुभारम्भ गर्नु भएको छ । पृतना हे.क्वा. लगायत हाताभित्र तैनाथ युनिट तथा सर्पोटि¨ युनिट गरि जम्मा ६ वटा टिम सहभागि रहेका छन् ।
  6. निरिक्षण भ्रमण
    पूर्वी पृतनाका पृतनापति उपरथी श्री प्रल्हाद थापाले सुनसरी जिल्ला कोशीटप्पु स्थित बन्यजन्तु आरक्षको सुरक्षार्थ खट्टिएको भगवती प्रसाद गुल्मको बैशाख १० गते निरिक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको क्रममा उपरथी श्री थापाले जिम्मेवारी क्षेत्रको बस्तुस्थितिबारे जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गर्नु हदै बर्तमान परिस्थिती र आगामी स्थानिय तहको निर्वाचन सुरक्षाको बारेमा जानकारी तथा आवश्यक निर्देशन समेत दिनुभएको थियो ।
  7. निरिक्षण भ्रमण
    बैशाख ५ गते पूर्वी पृतनाका पृतनापति उपरथी श्री प्रल्हाद थापाले झापा जिल्ला स्थित नं. २१ बाहिनी अड्डा र कालीबहादुर गणको निरिक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको क्रममा उपरथी श्री थापाले जिम्मेवारी क्षेत्रको बस्तुस्थिति र आगामी स्थानिय तहको निर्वाचन सुरक्षाको बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नुभएको थियो ।
  8. फुटबल प्रतियोगिता
    ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटरले हाता भित्रका युनिट तथा सपोर्टिङ्ग युनिटहरुलाई सहभागि गराई आयोजना गरेको फुटबल प्रतियोगिता फागुन २६ गते सम्पन्न भएको छ । पृतना हे.क्वा. लगायत हाताभित्र तैनाथ युनिट तथा सपोर्टिङ्ग युनिट गरि जम्मा ६ वटा टिम सहभागि भई सम्पन्न भएको खेलमा प्रथम हुने नं. १ राजदल गणलाई एक समारोहविच पृतनापति उपरथी श्री प्रल्हाद थापाले पुरस्कार वितरण गर्नु भएको थियो ।
  9. पृतनापतिद्बारा कालीध्वज गणको निरिक्षण भ्रमण
    माघ २३ गते पूर्वी पृतनाका पृतनापति उपरथी श्री प्रल्हाद थापाले ईलाम जिल्लामा तैनाथ कालीध्वज गणको निरिक्ष्ँण भ्रमण गर्नु भएको छ । भ्रमणको क्रममा उपरथी श्री थापले क्वाटर सलामी,गणको जिम्मेवारी क्षेत्रको बस्तुस्थिति, अपरेशन गतिविध, बन्दोवस्ती लगायत बिविध पक्षबारे जानकारी लिनूको साथै सकलदर्जालाई सम्वोधन समेत गर्नु भएको थियो ।
  10. राहत बितरण तथा बृक्षारोपण
    मिति २०७३ माघ १५ गते पूर्वी पृतनाको १५ औं बार्षिकोत्सवको अवसरमा पृतनापति उपरथी प्रल्हाद थापाले इटहरी स्थित निःसहाय बालबालिका सेवा आश्रमलाई एक कार्यक्रमका बिच विभिन्न खाद्यान्न राहत सामाग्रीहरु वितरण गर्नु भएको छ । साथै, उक्त अवसरमा पृतनापति थापाले पृतना हाताभित्र बृक्षारोपण समेत गर्नु भएको छ ।
  11. निरिक्षण भ्रमण
    नं. २ बाहिनी अड्डा अन्तर्गत मोरङ जिल्लाको थलाहमा तैनाथ सुर्यदल गण, नं. १८ बाहिनी अड्डा अन्तर्गत खोटा¨ जिल्लामा तैनाथ शेर गणमा बलाधिकृत रथी श्री बलदेब राज महतले माघ ६ गते निरिक्षण भ्रमण गर्नु भएको छ । उक्त अवसमा रथी श्री महतले क्वाटर गार्ड सलामी ग्रहण तथा गणपतिबाट जिम्मेवारी क्षेत्रको वस्तुस्थिती, बन्दोवस्ती, तालिम लगायत विविध पक्ष वारे जानकारी लिनुको साथै सकलर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।
  12. निरिक्षण भ्रमण
    नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री गोकुल भण्डारीले मोर¨ जिल्लामा तैनाथ सुर्यदल गणको यहि पुस १८ गते निरिक्षण भ्रमण गर्नु भएको छ । गणपति प्रमुख सेनानी ईन्दिवर विष्टले जिम्मेवारी क्षेत्रको बस्तुस्थिती, तालिम, बन्दोवस्ती लगायत विविध पक्षबारे जानकारी गराउनु भएको थियो । सहायक रथी श्री भण्डारीले सकलदर्जाहरुलाई सम्बोधन गर्नुको साथै गण अन्तर्गत रहेका सुरक्षा गुल्महरुको समेत निरिक्षण भ्रमण गर्नु भएको थियो ।
  13. तालिम समापन
    सुनसरीको इटहरी स्थित बटुकदल गणमा संचालन भएको सि.सं. ४ काउन्टर अर्वान ईन्सरजेन्सी तालिमको पुस १८ गते गणपति प्रमुख सेनानी शुलभ खड्काले एक कार्यक्रमका बिच समापन गर्नु भएको छ । गत मंसिर ५ गते बाट संचालन भएको तालिममा ३० जना शिक्षार्थीहरुको सहभागीता रहेको थियो । तालिममा सर्बोकृष्ट हुने बटुकदल गणका सिपाही सुजन बोगटीलाई प्रमाणपत्र तथा मोमेन्टो प्रदान गर्नुको साथै अन्य शिक्षाथीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।