CGS Biography

BIOGRAPHY OF LIEUTENANT GENERAL PURNA CHANDRA THAPA
NEPALI ARMY

Born on 9 September 1960, Lieutenant General Purna Chandra Thapa was enrolled in the Nepali Army as an Officer Cadet in 1979 and commissioned as Second Lieutenant into Gorakh Bahadur Battalion on 12 December 1980.

During his 36 years of military service, General Thapa held various Command and Staff appointments at various levels while he also attended/participated in various courses, seminars and exercises both at home and abroad. As a Major, he was Officer Commanding of an Srijung Independent Company, General Staff (GSO-2) at Army HQs and an Instructor/Directing Staff in the Nepali Army School. As Lieutenant Colonel, he successfully commanded the Srijung Battalion while he also served in the capacity of Staff Officer at Brigade HQ as G-3(Ops) and as Liaison Officer at Principal Military Secretariat.

As a Colonel, he continued in the same secretariat as G-2 staff in the Principal Military Secretariat. During the period of insurgency in Nepal, he was entrusted with the appointment of ACOS (Ops) at Western Division HQ. After commanding the No 2 Brigade as Brigadier General, he held some important positions in the Army HQs; namely Military Secretary and Director of the Directorate of Army Welfare Planning. After being promoted to Major General on 15 May 2012, he was appointed as the Adjutant General at Army HQ, and following that successfully commanded the Valley Division. Then he served as the Master General of Ordnance at the Army HQs. Before the present appointment, as Chief of General Staff (CGS), he served as the Chief of Staff (COS) at Army HQs.

As regards to the service to the United Nations, he has accumulated a vast experience. He was a Platoon Commander of the Nepali Contingent in UNIFIL (Lebanon) in 1986 and an Operation Duty Officer at UNIFIL Headquarters in 1989. He also served in UNPROFOR (Former YUGOSLAVIA i.e., Bosnia & Herzegovina and Croatia) as the Military Observer in 1994-95. Notably he enriched his experience at the highest level while he led a team representing Government of Nepal and the Nepali Army as well as Vice Chairman (2009-2011) in the Joint Monitoring Coordination Committee (JMCC) in United Nations Mission in Nepal (UNMIN, 2007-2011). He had served as the Head of Mission, Force Commander and the Designated Official of United Nations Disengagement Observer Force (UNDOF) in Golan Heights from 8 February 2015 to 8 February 2016.

Besides various military courses at home, General Thapa attended Battalion Support Weapon Course , Young Officers Course (Infantry) and Security Course for Officers in India and Infantry Officers' Advance Course and Executive Course in the USA. He is a graduate of the Command and Staff College, Nepal. He was an alumni of National Defence College, New Delhi India, where he did the National Defence Course in 2009.

Lt General Thapa is a graduate of Tribhuwan University (Nepal) in Humanities and Social Sciences. He also holds the Degree of Master of Philosophy in Defense and Strategic Studies from the University of Madras (India).

He is highly decorated General Officer and is awarded with "SUPRAWAL JANASEWA SHREE", "SUPRAWAL GORKHA DAKSHIN BAHU" and the "TRISHAKTI PATTA-IV" for his distinguished accomplishments.

Born in a family whose many generations served in the Nepali Army, both his father and grandfather were Officers in the Nepali Army. He is the youngest son of Lt Col Phanendra Bahadur Thapa (Retd) and Sabitri Thapa. He is happily married to Mrs Deepa Thapa and blessed with daughter - Ruru and son - Raunak.

His prominent hobbies include sightseeing, cycling and trekking. He has a wide range of travel experience around the world. He has visited many countries, namely; India, China, UK, USA, Syria, Lebanon, Israel, Jordan, Chile, Venezuela, South Korea, Switzerland, Malaysia etc.

रथी श्री पुर्णचन्द्र थापा ज्यूको जीवनी
नेपाली सेना

 

रथी श्री पूर्णचन्द्र थापाको जन्म वि.सं.२०१७ साल भाद्र २५ गते तदनुसार सन् १९६० सेप्टेम्बर ०९ तारिखमा गाउंशहर-८, लम्जुङ्गमा भएको हो । उहां वि.सं.२०३६ सालमा अधिकृत क्याडेटमा भर्ना भई वि.सं.२०३७ साल मंसिर २७ गते (1980/12/12) गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त हुनु भएको थियो ।   आफ्नो ३५ वर्ष लामो सैनिक सेवाको दौरान रथी थापाले विभिन्न तहमा विविध कमाण्ड तथा स्टाफ नियुक्तिहरु सम्हाल्नुकासाथै देश तथा विदेशमा थुप्रै तालिम, सेमिनार एवं अभ्यासहरुमा सहभागि हुनुभएको थियो । उहांले सेनानी दर्जामा अनाश्रित गुल्म श्री श्रीजंग गुल्मको कमाण्ड गर्नुको साथै जंगी अड्डामा स्टाफ अधिकृत र सैनिक शिक्षालयमा शिक्षक तथा डाईरेक्टिङ्ग स्टाफको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । प्रमुख सेनानी रहंदा उहांले श्री श्रीजंग गण कमाण्ड गर्नुको साथै बाहिनीमा G-3 (Ops) को कार्य सम्हाल्नु भएको थियो । उहांले प्रमुख सैनिक सचिवालयको कार्यलयमा प्रमुख सेनानी हुदां सम्पर्क अधिकृत तथा महा सेनानी दर्जामा G-2 स्टाफको जिम्मेवारी सफलतापुर्वक निर्वाह समेत गर्नु भएको थियो ।

आन्तरिक द्वन्द्वको अवस्थामा, उहांले पश्चिम पृतना हे.क्वा.मा सह चिफ अफ स्टाफ (अपरेशन)को महत्वपुर्ण तथा चुनौतिपुर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु भएको थियो । सहायक रथीमा श्री नं.२ बाहिनी अड्डाको कमाण्ड सफलतापूर्वक सम्पन्न गर्नु भए पश्चात, उहांले जंगी अड्डामा सैनिक सचिव तथा श्री कल्याणकारी योजना निर्देशक जस्ता महत्वपुर्ण जिम्मेवारीहरु सम्हाल्नु भएको थियो ।

उहां वि.सं. २०६९ साल जेष्ठ ०२ गते उपरथी दर्जामा पदोन्नती हुनुभई कार्यरथी विभागमा नियुक्त हुनु भएको थियो । तत्पश्चात उहाँले श्री भ्याली पृतनाको कमाण्ड सफलतापुर्वक सम्पन्न गर्नु भएको थियो भने त्यसपछि जंगी अड्डास्थित सम्भार रथी विभागमा कार्यरत हुनु भएको थियो । बलाधिकृतको कार्यालय प्रमुखमा नियुक्ति हुनु अघि वहाँ बलाध्यक्षको कार्यालयमा कार्यरत हुनु हुन्थ्यो ।

उहांले संयुक्त राष्ट्र संघमा पटक पटक गरी विभिन्न नियुक्तिमा सेवा गर्दै विविध अनुभव संहाल्नु भएको छ । सन् १९८६ मा उहांले लेवानन् स्थित संयुक्त राष्ट्र संघको UNIFIL मिशनमा से.मु.पति र सोही मिशनमा १९८९ मा अपरेशन डिउटी अधिकृतको जिम्मेवारीमा सेवा गर्नु भएको थियो । उहांले सैनिक परिवेक्षकको रुपमा १९९४ मा पूर्व युगोस्लाभाकिया स्थित UNPROFOR मा कार्यरत रहनु भएको थियो । त्यस्तै संयुक्त राष्ट्र संघको नेपाल स्थित UNMIN मिशन रहंदा त्यस अन्तर्गतको संयुक्त सुपरिवेक्षक समन्वय समिती (JMCC) मा नेपाल सरकार तथा नेपाली सेनाको प्रतिनिधीत्व गर्ने सह-अध्यक्षको भुमिका निर्वाह गर्नु भएको थियो । वि.सं.२०७१ साल माघ २५ गतेदेखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्र संघको मध्यपूर्व स्थित ईजरायल तथा सिरियाको सिमानास्थित Golan Heights मा United Nation Disengagement Observer Force (UNDOF) मिशनको Head of Mission  तथा Force Commander जस्तो महत्वपुर्ण जिम्मेवारीमा नियुक्त हुनु भएको थियो ।

रथी थापाले स्वदेशमा गर्नु पर्ने विभिन्न तालिमका साथै Battalion Support Weapon, Young Officer Course (Infantry) र Security Courses for Officers भारतमा तथा Infantry Officers’ Advance Course र Executive Course संयुक्त राज्य अमेरिकामा गर्नु भएको छ । यसका साथै उहांले Command & Staff Collage नेपाल बाट र National Defense Course भारत बाट सम्पन्न गर्नु भएको छ ।

रथी थापाले त्रिभुवन विश्वविद्यालयबाट Humanities and Social Science मा स्नातक गर्नुका साथै भारतको मद्रास विश्वविद्यालयबाट Defense and Strategic Studies मा स्नाकोत्तर गर्नुभएको छ ।

उहां “सुप्रवल जनसेवा श्री”, “सुप्रवल गोरखा दक्षिण बाहु” र “प्रख्यात त्रिशक्ति पट्ट चौथा”बाट सम्मानित हुनुहुन्छ ।

सेनाको जागिर उहांको लागि पुस्ताको गरिमासंग जोडिएको छ । उहांको हजुरबुबा र बुबा दुवै जना नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । उहा बाबु प्र.से. श्री फणेन्द्र बहादुर थापा (अ.प्रा.) र आमा सावित्री थापाको कान्छो सुपुत्र हुनुहुन्छ । उहांको परिवारमा बुबा, आमाको साथै श्रीमती दिपा, छोरी  रुरु र छोरा रौनक हुनुहुन्छ ।

उहां विशेष गरेर साईटसिईङ्ग, साईक्लिङ्ग र ट्रेकिङ्गमा विशेष रुची राख्नु हुन्छ । साथै उहाले भारत, चीन, वेलायत, अमेरिका, सिरिया, लेवानन्, ईजरायल, जोर्डन, चिलि, भेनेन्जुयला, साउथ कोरिया, स्विटजरल्याण्ड तथा मलेशिया आदी देशहरुको भ्रमण गर्नु भएको छ ।

 
 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links