CGS Biography

BIOGRAPHY OF LIEUTENANT GENERAL BALDEV RAJ MAHAT
NEPALESE ARMY

Lieutenant General Baldev Raj Mahat, the eldest son of late Honorary Lieutenant Gambhir Singh Mahat and late Gajendra Kumari Mahat, was born on 2nd November, 1959 at Panauti municipality of Kavrepalanchowk district of Nepal. He joined then Royal Nepalese Army in 1980 and got commissioned into Singha Nath Battalion as Second Lieutenant in 1981.

His three decades long professional carrier possesses various military trainings and courses carried out at home and abroad including Army Staff Course and National Defense Course from Bangladesh. He is also an alumnus of Asia-Pacific Centre for Security Studies, Hawaii, USA and National Defense College, Bangladesh. In due course of career, he has taken part in seminars held in Bangladesh and Chile hosted by United Nations and US PACOM respectively. Similarly, he also holds Bachelor's Degree in Arts (B.A.) from Tribhuwan University.

At present, he is the Chief of General Staff (CGS) of Nepalese Army and responsible to look after operational, intelligence and training aspects of the organization.

He commanded Ranasingh Dal Company, Singhanath Battalion, No. 19 Bde and Mid Division. He also commanded the Recruit Training Centre and was instructor in Mountain Warfare School, Army School, Intelligence School and Army Command & Staff College.

He held key billets including Officer in Charge of Int/Ops CelI of Directorate of Military Intelligence (DMI) (now  DGMI), Deputy Chief of Staff (Ops) of Mid-West Div HQ and Deputy Chief of  Directorate of Military Training (DMT) (now DGMT). He also served in the Directorate of Peace Keeping Operations and Directorate General of National Security & Development. He also served as Chief Security Officer to Right Honorable President of Nepal and Joint Coordinator of National Security Council.

 As far as United Nations Peacekeeping Missions (UNPKO) experience is concerned, he has served twice in UNIFIL, Lebanon, as Platoon Commander (1983 and 1986) and once served in UNPROFOR, former Yugoslavia (1995), as Military Observer.

His selfless and unrelenting service to the country and organization has honored him with various medals and decorations like 'Prabal Gorkha Dakshin Bahu', one of the prominent decorations of the country, Gaddhi Arohan Medal (coronation medal), Durgam Sewa Padak (Remote Area Service Medal), Sainik Sewa Padak (Military Service Medal), UNIFIL Medal and UNPROFOR Medal. Besides his demanding appointments, Lt. Gen Mahat is also the Colonel Commandant of Chandi Prasad Battalion, a dedicated mentor and guardian of the unit.

Reading, writing and trekking has always remained his passion. Pursuing his enthusiasm till date he has published two books of story collection titled ‘TIRSHANA’ and ‘APURO MAYA’. Lastly Lt. Gen Mahat is an ideal husband to Mrs. Madhavi Mahat and the couple is blessed with three children, two daughters and one son.

 

रथी श्री बलदेव राज महत ज्यूको जिवनी
नेपाली सेना

स्वर्गीय मानार्थ उप सेनानी श्री गम्भीर सिंह महत तथा स्वर्गीय श्रीमती गजेन्द्र कुमारी महतका जेष्ठ सुपुत्र रथी श्री बलदेव राज महतको जन्म मिति वि.सं. २०१६ साल कार्तिक १७ गते काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालीकामा भएको थियो । वहां बि.सं. २०३६ साल फाल्गुण १९ गते तत्कालीन शाही नेपाली सेनामा प्रवेश गरि मिति २०३७ सालमा सहायक सेनानी दर्जामा श्री सिंहनाथ गणमा नियुक्ति भई आफ्नो सैनिक जिवन आरम्भ गर्नु भएको थियो । रथी श्री महतको तीन दशक लामो सैनिक सेवाको अवधिमा स्वदेश तथा बिदेशबाट बिभिन्न सैनिक तालिमहरु सम्पन्न गर्नुको साथै बंगालादेश तथा चिलीमा आयोजित UNITED NATIONS तथा USPACOM द्धारा आयोजित सम्मेलनहरुमा समेत सक्रिय सहभागिता जनाउनु भएको थियो । बंगलादेशबाट आर्मी स्टाफ कोर्ष तथा नेशनल डिफेन्स कोर्ष गर्नु भएका रथी श्री महत हाल Asia Pacific Center for Security Studies, हवाई तथा National Defence College बंगलादेशका Alum समेत रहदै आउनु भएको छ । वहां श्री त्रिभुवन विश्व विद्यालयबाट स्नातक तह उत्तीर्ण हुनुहुन्छ ।

बर्तमान अवस्थामा रथी श्री बलदेव राज महत नेपाली सैनिक संगठनको गरिमामय पद बलाधिकृतमा नियुक्ती भई संगठनको समष्ट युद्धकार्य, ईन्टिलिजेन्स तथा तालिम पक्षहरुको उचित व्यवस्थापन गर्ने जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । रथी महतले रणसि‌ह दल गुल्म, सि‌‌हनाथ गण, न‌‍ं. १९ वाहिनी तथा मध्य पृतनाको कमाण्ड गर्नु भएको थियो । सैन्य तालिम केन्द्रको तेतृत्व गर्नुभएका रथी महत उच्च शिखर तालिम केन्द्र, सैनिक शिक्षालय, ईन्ट स्कूल र सैनिक कमाण्ड तथा स्टफ कलेज प्रशिक्षकका रुपमा रहनु भएको थियो ।

रथी महतले सबै तहका स्टाफ नियुक्तिहरुमा कार्य गर्नुभएको छ । फिल्ड तहमा सैनिक समाचार निर्देशनालयमा इन्ट अधिकृत र मध्यपश्चिम पृतना हे.क्वा. को सहायक चीफ अफ स्टाफ (अपरेशन)मा कार्य गर्नु भएको थियो । जंगी अड्डामा सैनिक तालिम निर्देशनालयको सह निर्देशक, शान्ति सेना संचालन निर्देशक र राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशकको रुपमा सुरक्षा अधिकृत र राष्ट्रिय सुरक्षा परिषद्को सह संयोजक समेत भएर कार्य दक्षता देखाउनु भएको छ ।

संयुक्त राष्ट्र संघको आब्हानमा शान्ति स्थापना कार्यको लागि शान्ति सेनामा सहभागिताको सम्बन्धमा हालसम्म रथी श्री बलदेवराज महतले UNIFIL लेवनानमा से.मु. पतिको हैसियतबाट सन् १९८३ र १९८६ मा गरी दुई पटक र UNPROFOR तत्कालिन युगोसलाभियामा सन् १९९५ मा सैनिक परिवेक्षकको रुपमा सेवा गरि सक्नु भएको छ ।

निस्वार्थ तथा निरन्तर राष्ट्र र सैनिक संगठन प्रतिको योगदानको कदर स्वरुप वंहालाई हालसम्म राष्ट्रकै गरिमामय "प्रवल गोरखा दक्षिणबाहु पदक", "गद्दीआरोहण पदक", "दुर्गम सेवा पदक", "सैनिक सेवा पदक", "विदेश सेवा" तथा "UNIFIL र UNPROFOR " पदकहरुद्धारा सू-शोभित गरिएको छ । वर्तमान अवस्थामा रथी श्री महत श्री चण्डी प्रसाद गणको कर्णेल कमाडाण्ट समेत रहनु भई सक्रिय अभिभावकको भुमिका निर्वाह गर्दै आउनु भएको छ । 

लेखन, अध्ययन तथा पदयात्रामा विशेष अभिरुची राख्ने वहांले आफ्नो अभिरुचिलाई पक्षाउदै हालसम्म "तिर्सना" र "अपुरो माया" शिर्षकका दुई कथा संग्रह प्रकाशन गर्नु भएको छ । श्रीमती माधवी महतसंग सफल र सुमधुर बैबाहिक सम्वन्ध निर्वाह गर्दै आउनु भएका रथी श्री बलदेव राज महतका तीन सन्तान मध्ये दुई छोरी र एक छोरा रहेका छन् ।

 
 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links